सोसेकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत बितरण
![सोसेकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत बितरण](https://snowberry.prixacdn.net/media/gallery_folder/rahat%25203_yPfXMpkwxE_3rwkeqgccd4a0phzo91in4zqkwzrfwltgli9qmvus0ica0zqoquvfjhh65ex_8UvTjxKzkB_qyb6geldicspi6gykjqxdkv0x6zc46p1bxcv4108xdreanfstov6lsieacso.jpg)
जाजरकोट – जाजरकोटका डेढ सय भूकम्प प्रभावित परिवारलाई सोसेक नेपालले राहत वितरण गरेको छ । आइआरएन, र आरडिसिको सहयोगमा सोसेक नेपालद्धारा जाजरकोटको भेरी नगरपालिका -१ रावतगाउँका भूकम्प प्रभावित डेढसय घरधुरीलाई राहत बितरण गरिएको हो ।
प्रति घरपरिवार ८ हजार ६१० रुपैंया बराबरको सामाग्री वितरण गरिएको हो । संस्थाले १२ लाख ९१ हजार ५९० रुपैंया बराबरका राहत सामाग्री वितरण गरेको बताइएको छ ।
सहायता सामाग्रीमा संस्थाले प्रतिपरिवार पाँच किलो तौल दोस्रो व्ल्याङ्केट, तीन सल, एक थर्मस र ८ मिटर पि–फर्म वितरण गरेको सोसेक नेपालले जनाएको छ ।
प्रतिक्रिया