सांसद ढकालद्वारा कम्बोडियाली सभामुख सुदारीसंग भेटवार्ता

सांसद ढकालद्वारा कम्बोडियाली सभामुख सुदारीसंग भेटवार्ता

काठमाडौँ  –  प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले मित्र राष्ट्र कम्बोडिया संसदकी अध्यक्ष (सभामुख) कून सुदारीसंग कम्बोडियाली संसद भवनमा  शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।  

भेटमा आपसी हित र समसामयिक विषयमा छलफल गर्नुभएको थियो । अध्यक्ष सुदारीले सांसद ढकाल मार्फत नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाइ शुभकामना संदेश समेत पठाउनुभयो ।

सांसद ढकालले नेपाल र कम्बोडियाबीच साँस्कृतिक आदानप्रदान तथा पर्यटनको विकासबारे छलफल गर्नुभएको थियो ।

 ३ दिने मैत्रीपूर्ण भ्रमणको शिलशिलामा मित्र राष्ट्र कम्बोडियामा रहेका ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया