अस्थायी संरचनाबाट प्रशासन सेवा

अस्थायी संरचनाबाट प्रशासन सेवा

जाजरकोट –  बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले एतिहासिक जाजरकोट दरबारमा पनि क्षति बनाएपछि यहाँ सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय अस्थायी संरचना बनाएर सञ्चालन गरिएको छ ।

शुक्रबारदेखि अस्थायी संरचनाबाट सेवा प्रवाह हुन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । प्रशासन कार्यालय रहेको सेतो दरबार दुई सय २८ वर्ष पुरानो  र रातो दरबार दुई सय ७५ वर्ष  पुरानो थियो । तीन पटकसम्म भूकम्प खेपेका यी दरबार यो पटक भने बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । 

उक्त कार्यालयले खुल्ला चौरमा त्रिपाल (डिब्बा) राखेर दैनिक सरकारी सेवा दिन थालेको उहाँले बताउनुभयो । नागरिकता, राहदानी, तथा अन्य विभिन्न सिफारिसदेखि अन्य काम यिनै डिब्बाबाट भइरहेको छ ।  उनान्चास घर परिवारका ७७ मृतकका परिवारलाई विपद् व्यवस्थापन कोषबाट रु एक करोड २७ लाख राहत स्वरुप दिइएको छ । 

प्रतिक्रिया