नलगाडले साहाराविहीन बालबालिकाको अभिभावकत्व लिने
जाजरकोट– नलगाड नगरपालिकाले भुकम्पबाट प्रभावित साहाराविहीन बालबालिकाको अभिभावकत्व लिने भएको छ । नगरपालिकाले टुहुरा, बेसाहरा र विपन्न बालबालिकाको संरक्षण गर्ने भएको हो ।
भुकम्पका कारण समस्यामा परेका बालबालिकाहरु नहराउन्, बेचबिखनमा नपरुन् तथा अप्रिय घटना नहोस् भनेर नगरपालिकाले उनीहरूको गाँस, बास तथा पढाइरलेखाइको व्यवस्था गरिदिने नगरपालिका नगरप्रमुख डम्बरबहादुर राउतले बताउनुभयो । साथै उनीहरुको अवस्थाबारे अपडेट राख्नका लागि वडालाई समेत सचेत गराउँदै आएको नगरप्रमुखले बताउनुभयो ।
त्यस्तै पीडित बालबालिकालाई कुनै संघ, संस्था वा व्यत्तिले संरक्षणका लागि लिन चाहेमा नजिकको नातेदार वा हकवाला संरक्षकको पूर्व अनुमति लिन वडाध्यक्षको सिफारिसले मात्र लिन सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया