भूकम्प प्रभावित क्षेत्रमा बालमैत्री परामर्श कक्ष संचालन

भूकम्प प्रभावित क्षेत्रमा बालमैत्री परामर्श कक्ष संचालन

सुर्खेत  –  भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा बालमैत्री तथा परामर्श स्थान (सिएफएस) कक्ष संचालन गरिएको छ । यूनिसेफको साझेदारीमा आवाज संस्थाको आयोजनामा जाजरकोटमा संचालन गरिएको हो  ।

भेरी नगरपालिकाको रावत गाउँ, कोलचौर, माथिल्लो थाप्ले रिम्ना गरी ४ वटा ठाउँमा, नलगाड नगरपालिका वडा नम्बर -७ दल्ली, वडा नम्बर १ को पाली, चिउरी र कल्पतमा ३ वटा परामर्श केन्द्र संचालन गरिएको छ ।

त्यस्तै बारेकोट गाउँपालिका -१ रामीडाडा र -२ रोकाया बाडामा गरि १० ठाँउमा बालमैत्री तथा परामर्श स्थान (सिएफएस) कक्ष संचालन भइरहेको आवाज संस्थामा  कार्यरत मनोबिमर्शकर्ता सन्जु यरीले बताउनुभयो ।

 भूकम्पका कारण बालबालिकामा धेरै असर परेको हुनाले बालबालिकालाई लक्षित बालमैत्री तथा परामर्श स्थान (सिएफएस) कक्ष संचालन भइरहेको उहाँको भनाई छ । 

प्रतिक्रिया