राउटे समुदायको  पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम

राउटे समुदायको  पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम

दैलेख –   लोपउन्मुख राउटे समुदायको  पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम संचालन गरिएको छ । एइ आईएन लक्जेम्बर्ग र डीसीय नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालको सहजिकरणमा लोपउन्मुख राउटे समुदायको पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम संचालन गरिएको  हो ।

 दैलेखको भैरवी गाउँपालिका वडा नम्बर -५ कागेतडामा रहेका राउटे समुदायको पोषणको लागि च्याउ उत्पादन सम्बन्धी तालिम दिएको सोसेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्रीले बताउनुभयो ।

 उहाँका अनुसार राउटे समुदायको पोषणका लागि यो तालिमले च्याउ उत्पादनमा राउटे समुदायलाई ठुलो सहयोग गर्ने बताउनुभयो । च्याउ उत्पादन गर्ने तरिका समुदायले पनि उत्सुकताका साथ सिक्दै आएको उहाँको भनाई छ  ।

 तालिम सहजिकरणको लागि राउटे समुदायमा पुग्दा सुरुमा राउटे समुदाय उत्सुक नभएको र पछि हामीले च्याउ उत्पादनका लागि गरेको काम देखेर सिक्न उत्साहित भएको डीसीय नेपालको साझेदारीमा सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजना संयोजक रन्जीता बिसीले बताउनुभयो । उहाँका अनुसार सुरु सुरुमा सिक्न नखोज्ने, हामीले च्याउ उत्पादनका लागि तयारी गर्दै गरेको देखेपछि पछि जिज्ञासु हुँदै सिक्ने रहेछन् । 

तालिम पश्चात् अब आफैले च्याउ उत्पादन गर्न सक्ने राउटे समुदायकी सम्झना शाही बताउनुहुन्छ । पहिले च्याउ उत्पादन गर्ने तालिम सिकाउन बस्तिमा आउँदा के गर्न आएका हुन् के सामान ल्याएका हुन् भन्ने जानकारी थिएन जिज्ञासा मात्र थियो', राउटे समुदायकी सम्झना शाहीले भन्नुभयो, 'पछि उहाँहरुले च्याउ उत्पादन गर्ने तरिका गरेको देख्दा पछि सिकौँ सिकौँ भयो र अब हामी पनि च्याउ उत्पादन गर्न सक्छौँ भन्ने लाग्छ । '

 

प्रतिक्रिया