खोरमा थुनिएका भीमराजको उद्धार, उपचारका लागि सोसेक नेपालको आग्रह

खोरमा थुनिएका भीमराजको उद्धार, उपचारका लागि सोसेक नेपालको आग्रह

दैलेख –  दैलेख सोसेक नेपालले जाजरकोटका हेमराज रावतको उद्धारका लागि आग्रह गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ४ रावतगिरी गाउँका कालीबहादुरका छोरा भीमराज रावतको उद्धार, उपचार र संरक्षणका लागि अनुरोध गरेको हो ।

मानसिक रोगका कारण घर भन्दा टाढा छुट्टै खोरमा राखिएका हेमराजलाई उद्धारका लागि अनुरोध गरिएकोे सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो ।

काली बहादुर रावतका जेठो सन्तानका रुपमा जन्मिएका भीमराज करिब एक दशक देखि खोरमा थुनिएर राखिएको छ ।

उमेरले १७ वर्ष पुगेका रावतलाई बाहिर छोड्दा अन्नपात फाल्ने, नजिक आएका मानिसहरुलाई झम्टिने, गाइबस्तुलाई टोक्न थालेपछि घरभन्दा टाढा राहिएको भीमराजका बुबा काली बहादुर रावत बताउनुहुन्छ । 

 

प्रतिक्रिया