'दश दिने तालिमले हामी रुपान्तरण भयौँ, अब समाज रुपान्तरण गछौँ'

'दश दिने तालिमले हामी रुपान्तरण भयौँ, अब समाज रुपान्तरण गछौँ'

सुर्खेत –   दुल्लू नगरपालिका –४ कि मोतीकला विकलाई पहिले धेरै मानिसहरुको भिडमा बोल्न अप्ठेरो लाग्ने बोल्न हम्मे हम्मे हुन्थ्यो । पहिले धेरै मानिसहरु भएको ठाउँमा आफ्नो परिचय दिन पनि उहाँका हात खट्टा काप्ने गरेको उहाँ बताउनुहुन्छ । तर,यहि मंसिर २० गतेबाट सुर्खेतमा भएको रुपान्तरण तालिमले उहाँलाइ रुपान्तरण गरेको छ । १० दिनको तालिमले आफुमा रुपान्तरण आएको उहाँ बताउनुहुन्छ । पहिले बोल्दा पनि लाज श्रम लाग्ने हिच्किचाउने हुन्थ्यो,’उहाँले भन्नुभयो, ‘अहिले १० दिने रुपान्तरण तालिममा सहभागि हुँदा १५ वटा खण्ड समेत सिक्न पाएँ । म आफैमा रुपान्तरित भएकी छु । पहिले भन्दा ढुक्कले बोल्ने र आफ्ना कुराहरु राख्ने भएकी छु ।’ 

त्यस्तै दुल्लू नगरपालिका –९ कि कमला पोखरेललाई पनि उस्तै समस्या थियो । मनमा लागेका कुराहरु खुलेर राख्न नसक्ने कमला अहिले खुलेर आफ्ना कुरा धाराप्रवाह रुपमा राख्न सक्ने भएको बताउनुहुन्छ । पहिले कुनै स्थानीय तह होस वा वेथितीहरुका विषयहरु पनि हुन ति मनमै गढेर बस्थे,’उहाँले भन्नुभयो, ‘यो दश दिनको रुपान्तरण तालिबाट धेरै कुराहरु सिक्न पाइयो र अहिले बोल्ने आँट पनि आएको छ । 

यस्तै दश दिने रुपान्तरण तालिममा सहभगि भएर मोतीकला, कमला, ममता,गुञ्जन र लक्ष्मी मात्र होइन । उहाँहरुजस्तै दश दिने तालिममा सहभागि भएका २८ जना किशोरी रुपान्तरण हुनुभएको छ । पहिले आफ्ना गाउँ ठाउँमा भएका समस्या कुरीति कुसंस्कारका विरुद्धमा खुलेर आवाज उठाउन साहस जुटाउन नसक्ने उहाँहरु अहिले साहस र आँट आएको बताउनुहूनछ । गाउँ ठाउँमा भएका विभिन्न समस्याबारे बोल्न निकै अप्ठेरो लाग्थ्यो । देखेर पनि नदेखेझै गर्ने आफुहरु सोसेक नेपालले दिएको दश दिने तालिमले रुपान्तरण भएको उहाँहरुको भनाई छ   ।   

वीरेन्द्रनगरमा किशोरीहरुलाई रुपान्तरण सम्बन्धी १० दिने प्रशिक्षक प्रशिक्षण तालिम (आज) समापन भएको छ ।  समापन कार्यक्रममा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथि एवंम महिला तथा सामाजिक मामिला समिति सदस्य तथा प्रतिनिधि सभा सांसद सीता कुमारी रानाले समाजमा भएका साना साना समस्या कुरीति कुसंस्कारका विषयमा आवाज उठाउँदै समाजलाई रुपान्तरणको बाटोमा लैजानुपर्ने बताउनुभयो ।

विकास भनेको सानो सानो कुराहरुमा हेर्नु हो,’उहाँले भन्नुभयो, ‘समाजमा भएका आवश्यक्ताहरु हेरेर नै तालिममा प्रशिक्षकले परिपक्व पार्नुभएको छ । त्यसैले समाजमा भएका साना  साना कुराहरुलाई रुपान्तरण गरेर समाजलाई सकारात्मक दिशातर्फ लैजानु आजको आवश्यक्ता हो ।’

समापन कार्यक्रमका अध्यक्ष एवंम सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले हामीले आफूले आफूलाई मनैबाट रुपान्तरण गरेर सुखि र समृद्ध बनाउनुपर्ने बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवंम दुल्लू नगरपालिका नगर प्रमुख भरत प्रसाद रिजालले दुल्लू नगरपालिकाका १३ वटै वडाहरुमा कामहरु गर्न सकेमा दुल्लू नगरपालिका पनि सबैै कुराहरुमा अघि बढ्ने बताउनुभयो ।

रुपान्तरणको लागि समाज रुपान्तरणमा लागेमा दुल्लु पनि बन्छ र तपाइँहरुको भविष्य पनि बन्छ', उहाँले भन्नुभयो, 'तपाईँ हाम्रो निरन्तरको सकारात्मक प्रयासले दुल्लू रुपान्तरण हुन्छ त्यहाँका समस्याहरु पनि रुपान्तरण हुन्छन् । दुल्लूको रुपान्तरणका लागि महत्वपुर्ण कार्यक्रम भएको छ ।'

त्यस्तै १० दिने तालिमका प्रशिक्षक रुपा जोशीले १ देखि १५ वटा खण्डसम्म सिकाएका कुराहरुमा रुपान्तरण गर्न सफलताकोे शुभकामना ब्यक्त गर्नुभयो । हामीले समाज परिर्वतनका लागि १५ खण्डलाई पछ्याएर अघि बढ्नुपर्छ उहाँले भन्नुभयो', 'समाजका साना साना कुराहरुलाई पछ्याउदै निरन्तर अघि बढ्ने हो भने समाज परिर्वतन हुन समय लाग्दैन ।'

 मंगलबारबाट सुर्खेतको वीरेन्द्रनगरमा  संचालन भएको कार्यक्रम आज बुधवार समापन भएको छ । करिब दश दिन सम्म संचालन भएको कार्यक्रम आज बुधवार समापन भएको सोसेक नेपालका मिल अधिकृत पुष्कर शर्माले बताउनुभयो । उहाँका अनुसार यूनिसेफको साझेदारी दुल्लु नगरपालिकाको आयोजना र सोसेक नेपालको सहजीकरणमा रुपान्तरण सम्बन्धी दश दिने तालिम संचालन भएर समापन भएको जानकारी शर्माले जानकारी दिनुभयो । 
उहाँका अनुसार कार्यक्रममा दुल्लु नगरपालिकाबाट १८ देखि २४ वर्ष उमेर समूहका  २८ जना किशोरीहरु सुर्खेतको कार्यक्रममा सहभागि भएका थिए  ।

चौकुने गाउँपालिका र राउटे समुदायका दुइजना किशोरी र दुइजना किशोर सहित २५ जना सुर्खेतको पन्चपुरी नगरपालिकाको कार्यक्रममा सहभागि रहेका छन । सो कार्यक्रम (हिजो) मंगलवार समापन भएको थियो । 

कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा सामाजिक मामिला समिति सदस्य तथा प्रतिनिधि सभा सांसद सीता कुमारी रानाको प्रमुख आतिथ्यता रहेको थियो । भने विशेष आतिथ्यता दुल्लु नगरपालिका नगरप्रमुख भरत प्रसाद रिजालको रहेको थियो । 

त्यस्तै अतिथिहरुमा सोसेक नेपालका उप कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, दुल्लु नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उमा उपाध्याय, प्रशिक्षक रुपा जोशी, सरु सिल्पकार, अर्जुन शाही लगायतको आतिथ्यता रहेको थियो ।  कार्यक्रम संचालन सोसेक नेपालका मिल अधिकृत पुस्कर शर्माले गर्नुभएको थियो ।


 

प्रतिक्रिया