कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली
![कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली](https://snowberry.prixacdn.net/media/gallery_folder/batti_QKjY1jgrI5_6ubcl6tcr6uuq8agsmdbg6rxyann0jb4zu5h677udwha0ceigmuax54ekouq_yCWJCq937G_jfsmawddvbouqyx6bp4y4f0ksvxzfdbyorwvlbqrptx3eoafsfdglcr1ktkw_e6d7IVGSCu_7qtoiwoemiblrodvtga4japeac3qfcnwcixumuagumqo98lvibgpoy1kuyex.jpg)
कालिकोट – कालिकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिनुभयो । रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ । आठवटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पु¥याउन बाँकै नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिनुभयो ।
“गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अब चाँडै पलाँतामा पनि बिजुली पु¥याउँछौँ”, उहाँले भन्नुभयो ।
पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताउनुभयो । “अहिले त्यहाँ बिजुली पु¥याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताउनुभयो । “विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया