डेरा भन्दा जहाज चढेर स्कूल जान सस्तो !

डेरा भन्दा जहाज चढेर स्कूल जान सस्तो !

क्यानडाका एकजना विद्यार्थी डेरा गर्नु भन्दा सस्तो पर्ने भएकोले हवाईजहाज चढेर स्कुल आउजाउ गर्दछन् । सस्तो परोस भनेर हवाईजहाज चढेर स्कुल आउजाउ गर्ने भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ तर ती विद्यार्थीले डेरा गर्नु भन्दा सस्तो पर्ने हिसाव गरेरै हवाईजहाज चढ्न थालेका हुन्  । 

उनी ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा पढ्छन् । उनले विश्वविद्यालयमा हप्तामा दुईवटा कक्षा मात्र पढ्नुपर्छ । जसका लागि उनी आफ्नो घरबाट कलेजमा आउँदा जहाजमा यात्रा गर्दछन् ।

उनको नाम टिम चेन हो । उनी क्यालगरीमा बस्छन् भने उनको कलेज भ्यानकुभरमा छ । भ्यानकुभरमा डेराका लागि कोठाको भाडादर निकै महँगो छ । त्यसैले महिनाको ८ दिनको कक्षाका लागि कोठा भाडामा लिएर भ्यानकुभरमा बस्नुभन्दा घरबाटै हवाईजहाजमा आउजाउ गर्नु उनलाई सस्तो पर्दछ ।

घर र कलेजबीच आउजाउ एकतर्फी जहाज भाडा डेढ सय डलर खर्च हुन्छ । मासिक जहाज भाडाबापत १२ सय डलर खर्च हुन्छ । जबकि भ्यानकुभरमा बेडरुमवाला अपार्टमेन्टको भाडा नै मासिक २१ सय डलर पर्छ ।

टिमले सोसल मिडिया प्लाटर्फम रेडिटमा आफ्नो अनुभव लेखेका छन्, ‘जहाज चढेर भ्यानकुभर आउने र राति क्यालगरी फर्किन एयर क्यानडामै गर्छु । महिनामा १२ सय डलर मात्र खर्च हुन्छ, बुवाआमासँग पाउनुसंगै सस्तो परेको छ । जबकि भ्यानकुभरमा बेडरुम अपार्टमेन्टको २१ सय डलर पर्दछ । खाना, खाजाको खर्च थपिंदा धेरै हुन्थ्यो । सस्तोको लागि जहाज चढेको हुँ ।'

भ्यानकुभरदेखि क्यालगरीको सडक मार्ग नौ सय ७० किलोमीटर मोटरमा ११ घण्टा लाग्छ भने टिमले छनौट गरेको हवाई यात्रा तीन सय ७२ नर्टिकल माइल दूरी भए पनि जहाजलाई तोकिएको माग अनुसार चल्दा चार सय २८ माइल अर्थात ६ सय ८८ किलोमीटर दूरी डेढ घण्टा समय लाग्ने गर्दछ । 

उनको सोसियल मिडिया पोष्टमा मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । धेरैले टिमको आइडिया मन पराएका छन् । तर कतिपय मानिसहरुको भनाइ छ कि उनको यस्तो काम निकै थकाइ लाग्दो काम हो र समयको पनि बर्बादी हो ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया