मिटरब्याजी पीडितले गरे रत्नपार्कमा प्रदर्शन

मिटरब्याजी पीडितले गरे रत्नपार्कमा प्रदर्शन

काठमाडौँ ।  न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। शुक्रवार उनीहरुले त्रिभूवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन्।

भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर विरोध जनाए।

प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर्, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन्। उनीहरु बुधवार साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए।

प्रतिक्रिया