नक्कली परीक्षार्थी पक्राउ

भाई पढाईमा कमजोर भएकोले नियमित परीक्षामै पास गराउन सक्छु भनेर परीक्षामा गएको आरोपित नक्कली परीक्षार्थीको भनाई ।

नक्कली परीक्षार्थी पक्राउ

दैलेख – दैलेख सदरमुकामको त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा एसईई परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् । नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो । 

एसईई परीक्षाको पहिलो दिन भाईकाे सट्टामा दाईले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ गरी आवश्यक कानूनी कारवाही थालिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक ९डीएसपी० किशोर लम्सालले बताउनुभयो । 

गैडाबाज मावि रानीवनका नियमित एसईई परीक्षार्थी भाईका लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक सदरमुकामको त्रिभुवन मावि दैलेखबजारमा कक्षा १२ का विद्यार्थी हुन् । मुखमा मास्क लगाई आएका र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर सोधीखोजी गर्दा पत्ता लागेको हो ।  

१५ वर्षको सहोदर भाईको सट्टा नक्कली परीक्षार्थी बन्ने दाजु चाहिँ १७ वर्षका बालक हुन् । ‘भाई पढाईमा कमजोर छ, नियमित परीक्षामै पास गराउन सक्छु’ भनेर भाईको प्रवेशपत्रमा आफ्नो टाँसेर परीक्षा हलमा गएको आरोपित बालकले ज्वाला सन्देशलाई भने । उनका बुबा भारतमा मजदूरी गर्न गएका र आमा खेती किसानी गर्छिन् । १५ वर्षको एसईई परीक्षार्थी भाईपछि ११ वर्ष बहिनी छिन् । 

मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावली अनुसार अरु कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था छ । 

#१८ वर्ष मुनिका बालबिज्याइँकर्ताको नाम खुलाउन नहुने कानूनमा उल्लेख छ । (सम्पादक)

प्रतिक्रिया