सभामुख घिमिरेले छलफल गर्न बोलाएको बैठक सुरु

सभामुख घिमिरेले छलफल गर्न बोलाएको बैठक सुरु

काठमाडौँ -   सभामुख देवराज घिमिरेले सहकारी ठगीका विषयमा छलफल गर्न बोलाएको बैठक सुरु भएको छ। सोमबार बिहान साढे १० बजेका लागि बोलाइएको बैठक झण्डै चार घण्टा ढिलो सुरु भएको हो।

बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठन नभएसम्म संसद चल्न नदिने बताउँदै आएको छ। सोही विषयमा छलफल गर्न सभामुख घिमिरेले आज प्रमुख चार दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।

गृहमन्त्री लामिछानेमाथि ‘सहकारीको रकम अपचलन’बारे संसदीय छानबिन समिति बनाएर प्रभावकारी रूपमा छानबिन गर्नुपर्ने माग कांग्रेसले राख्दै आएको छ। कांग्रेसले छानबिन समिति गठन नभए यही चैत २७ देखि संसद बैठक नै अवरुद्ध गर्ने चेतावनीसमेत दिइसकेको छ।

प्रतिक्रिया