बझाङमा कांग्रेसको अग्रता, कांग्रेस ७४९२, एमाले ७२२८
प्रमुख दलको प्रतिस्पर्धा
![बझाङमा कांग्रेसको अग्रता, कांग्रेस ७४९२, एमाले ७२२८](https://snowberry.prixacdn.net/media/gallery_folder/bajhang_7cldAYrNMn_bs6ffgnkjgjtv6kmspuefmqrtzt7j2tutmytqpcmfsnubk1r8fokxz2sgzra_KXfE2Llzk6_nwnvzey0v8og9dpywhyuolasmphklvulsornlgy6tccxekxbkny4gb8wbsnv.jpg)
काठमाण्डौ – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४ सय ९२ मत ल्याउनुभएको छ । नेकपा एमालेका दमन बहादुर भण्डारीले ७ हजार २ सय २८ मत ल्याउनुभएको छ ।
त्यस्तै, माओवादीका जनक बहादुर बुढाले २ हजार ८ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय २ मत ल्याउनुभएको छ ।
२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो ।
प्रतिक्रिया