भैरबी गाउँपालिकाको नयाँ बन्ने भवनको शिलान्यास

भैरबी गाउँपालिकाको नयाँ बन्ने भवनको शिलान्यास
सुन्नुहोस्

दैलेख – भैरबी गाउँपालिका कार्यालयलको प्रशासनिक भवन बन्ने भएको छ । गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारी र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले साेमबार शिलान्यास गर्नुभयो । अविसा विकोसन जेभी निर्माण कम्पनीले निर्माणको ठेक्का लिएको बताइएको छ । शिलान्यासमा पण्डित रूद्र तिमिल्सेनाले स्वस्तिक बचन गर्नुभएकाे थियाे । 

कुल ८ करोड ७ लाख ८७ हजार ९ सय एकासी रुपैंयाँमा उक्त भवन अविसा विकोसन जेभी निर्माण कम्पनीले निर्माण गर्न लागेको हो । चार तलाको प्रशासनिक अत्याधुनिक भवन बनाउन दुई वर्ष अघि ठेक्का पाएको  कम्पनीले ढिला गरी काम सुरु गरेको छ । 

करिब ६ महिना मात्र समय बाँकी रहेको बेला काम थालिएकोले समयमा काम सकिने देखिदैन । प्राविधिकहरुले काम निरन्तर चल्दै रहे म्याद थप गर्दै जान सकिने जानकारी दिएका छन् । भैरबी गाउँपालिका–४ सिलंगीमा भवन निर्माण गर्न लागिएको हो । 
 

प्रतिक्रिया