लोकल परिकारले बालबालिकाको शैक्षिक गुणस्तरमा वृद्धि

विद्यार्थीको नतिजा पहिलेभन्दा राम्रो

लोकल परिकारले बालबालिकाको शैक्षिक गुणस्तरमा वृद्धि

काठमाडौँ -   कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले दिवा खाजामा स्थानीय उत्पादनको सदुपयोग गरेसँगै पठनपाठनमा वृद्धि भएको छ ।

विद्यार्थीहरुको स्वास्थ्य र कोदो, मकै, फापर, आदिको बजारीकरणका लागि दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गरिएसँगै विद्यार्थीको नतिजा पहिलेभन्दा राम्रो आएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको रुटिन बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो । सोही अनुसार स्थानीय स्तरमा उत्पादन भएका खानेकुराले विद्यार्थीको शारिरिक मानसिक अवस्था समेत वृद्धि भएको शिक्षा शाखाका प्रमुख मोहनबिर धामीले बताउनुभयोे ।

उहाँका अनुसार विद्यार्थीलाई स्थानीय उत्पादनबाट खिर, लिटो, फलफुल, दातभात, रोटीलगायत ६ दिनसम्म मिलाएर खाजा खुवाउने गरेको उहाँले बताउनुभयो  । १ कक्षा देखि कक्षा पाँचसम्म दिवा खाजाको व्यवस्था गरिएको छ',उहाँले भन्नुभयो, 'दिवा खाजाको व्यवस्था भएसँगै बालकालिकाकाको शैक्षिक गुणस्तरमा परिर्वतन आएको छ ।' 

विद्यालयको दिवा खाजा रुटिन अनुसार भुटेको मकै, भटमास कोदोको हलुवा,दही चिउरा, घिउबाट तयार गरिने तले रोटी, लगायतका खानेकुरालाई दिवा खाजाको रुपमा प्रयोग गर्दा बालकालिकाको विद्यालयमा आर्कषण सँगै पहिले भन्दा रिजल्ट पनि यो वर्ष राम्रो आएको प्रमुख धामीको भनाई छ ।दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म मात्र उपलब्ध गराएइको छ ।  ‘विद्यालयले खाजाका लागि स्थानीयलाई सूचना जारी गर्छ । त्यसमा जस्ले खाजाको परिकार धेरै बनाउन सक्छ उसैलाई खाजा पकाउन छनौट गरिन्छ उहाँले सुनाउनुभयो । शर्सतअनुदानबाट एक करोड ३३ लाख वजेट विनियोजन गरेको छ । 

पठनपाठनमा पनि वृद्धि 

शिक्षा शाखा प्रमुख धामिका अनुसार विद्यार्थीको २०८० कोनतिजा विश्लेषण पनि गरिएको बताए  । हामीले २०८० नतिजा विश्लेषण पनि ग¥यौँ पहिलेको रिजल्ट र अहिलेको रिजल्टमा १÷२ प्रतिशत वृद्धि भएको छ',उहाँले भन्नुभयो,  'पहिले खाजाको एकरुपता थिएन अहिले एक रुपता भएको छ । शैक्षिक पठनपाठनमा पनि वृद्धि भएको छ ।'

नियमित पठनपाठनमा वृद्धि सँगै रिजल्टमा पनि वृद्धि भएको आँकलन भएको छ । बालबालिका विद्यालय आउन पनि रमाएका छन । खाजाकै लागि भएपनि विद्यालय आउने र पठनपाठन पनि राम्रो हँदै गइरहेको छ ।

गाउँपालिकामा करिब ३० विद्यालय रहेका छन् ति सबै विद्यालयमा क्यानटिनको राम्रो व्यवस्था भएको प्रमुख धामीको भनाई छ ।

विद्यालयमा दिवा खाजाको व्यवस्था भएदेखिको अहिलेसम्म हेर्दा बालकालिकाको सिकाइ स्तरमा वृद्धि आएको श्री डाँफे माध्यामिक विद्यालय मुम्राका प्रधानाध्यापक दिर्घ बहादुर बुढा बताउनुहुन्छ  ।

स्थानीय स्तरमै भएका खानेकुरा दिवा खाजाको रुपमा बनाउदा विद्यालयमा विद्यार्थीहरु नियमित आइरहेका छन्',उहाँले भन्नुभयो, 'खाजा खानकै लागि भएपनि बालबालिका विद्यालय छुटाउदैनन् जस्ले उनीहरुको सिकाइमा समेत वृद्धि भएको छ ।' 

प्रतिक्रिया