बालबालिकाको क्षेत्रमा बजेट बढाउन लचकता आवश्यकता

बालबालिकाको क्षेत्रमा बजेट बढाउन लचकता आवश्यकता

दैलेख - दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बालबालिकाको क्षमता विकासमा लगानी बढाउन सबै क्षेत्रले लचिलो हुनुपर्ने बताउनुभएको छ । यूनिसेफको सहयोगमा दुल्लूमा आज आयोजित बालबालिका क्षेत्रमा बजेट बृद्धि सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

भौतिक विकास मात्र होइन बालबालिकाको अन्तर निहीत क्षमता बढाउन आफू तयार रहेको र सरकारी तथा गैरसरकारी क्षेत्र सबैबाट हार्दिकता र जनाउन मेयर रिजालले आग्रह गर्नुभयो । कार्यक्रममा उपमेयर बिना कार्की महिला र बालबालिका क्षेत्रमा बिनियोजित बजेट उचित सदुपयोगको खाचो औल्याउनुभयो । 


दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले बजेट बनाउन तयारी भइरहेको बेला आयोजना गरिएको अन्तरक्रियाले ध्यानाकर्षण गराएको बताउनुभयो । त्यसबखत सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बालविवाह रोकथाम र छाउपडीप्रथा उन्मुलनमा जनप्रतिनिधिले तत्परता जनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा यूनिसेफका राजेश सारुमगरले बालबालिकाको सर्वागीर्ण विकासका लागि लगानीको औचित्य विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा दुल्लू नगरपालिका जनप्रतिनिधिहरु, कर्मचारी र सरोकारवालाको सहभागिता थियो । 

प्रतिक्रिया