सोसेकद्वारा बालविकासका शिक्षकहरुलाई पाँचदिने क्षमता विकास तालिम

सोसेकद्वारा बालविकासका शिक्षकहरुलाई पाँचदिने क्षमता विकास तालिम

काठमाडौँ  -   दैलेखको ठाटीकाँध गाउँपालिकामा बालविकासका शिक्षकहरुका लागि संचालन भएको पाँचदिने तालिम सम्पन्न भएको छ । एइआइएन लक्जेम्बर्गको सोझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

सोसेक नेपालद्वारा शैक्षिक सुधारका कार्यक्रम अन्र्तरगत बालविकासका शिक्षकहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको बताइएको छ । तालिममा जुम्ला, सुर्खेत, र ठाँटिकाँध गरी २५ जना बालविकास शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा शैक्षिक सामाग्री तयार गर्ने तालिमका साथै कक्षा व्यवस्थापनको तालिम समेत प्रदान गरिएको थियो  ।

घरमा खेरजाने पुराना बस्तुहरुलाई पुन प्रयोग गर्दै बालवालिकाहरुको सिकाईका लागि खेलौना लगाएत शैक्षिक सामाग्री निर्माण गर्न तालिम प्रदान गरिएको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो  । विगतका दिनहरुमा कोरा किताबको सिकाई भएपनि पछिका दिनहरुमा सिकाईमा उपलव्धि र मनोरञ्जनपुर्ण हुने तालिममा सहभागि शिक्षकहरुले बताएका छन ।

ठाटीकाँध बजारमा पाँच दिन सम्म सञ्चालित उक्त तालिमका सहभागिहरुले पहिले भन्दा तालिममा सहभागि पश्चात् धेरै कुराहरु सिक्न बुझ्न पाएको बताएका छन् ।   तालिम समापन कार्यक्रममा बोल्दै ठाटीकाँध गाउँपालिका अध्यक्ष् रक्ष बहादुर शाहले तालिमले जिवनमा सिकाईमा ठुलो परिवर्तन ल्याउने भन्दै भोलिका दिनमा बालवालिकाहरुलाई घरेलु शैक्षिक सामाग्रीको सिकाई प्रभावकारी हुने अपेक्षा गरेको बताउनुभयो  ।

तालिमका सहभागिहरुलाई विभिन्न शैक्षिक सामाग्रि सहित प्रमाणपत्र समेत प्रदान गरिएको छ । प्रमाणपत्र वितरण गर्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले नेपाल सरकार र गाउँपालिकाको नीतिमा रहेर आफूहरुले  तालिम प्रदान गरेको भन्दै तालिमले भोलिका दिनहरुमा बालबालिकाको सिकाईमा सकारात्मक प्रभाव पर्ने र उपलव्धि हासिल हुनेमा जोड दिनुभयो ।

तालिमको सहजिकरण जानकि देबकोटाले गर्नुभएको थियो  ।

प्रतिक्रिया