म्याग्दीमा भीर मह निकालेको दृश्य हेर्न पुगे विदेशी पर्यटक

म्याग्दीमा भीर मह निकालेको दृश्य हेर्न पुगे विदेशी पर्यटक

म्याग्दी – भीर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् ।

ठूलो र कहालीलाग्दो झन्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा भीर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद बि।क।ले बताउनुभयो ।

टोलीले हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह शिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष बि।क।ले बताउनुभयो । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका छन् ।

भीर मह निकाल्न भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ ।

गाउँपालिकाका उपाध्यक्ष पुनले धवलागिरिलाई ुहनी हन्टिङु का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताउनुभयो । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह शिकारले टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया