बुढेसकालमा आफ्नो साहारा आफै बनेकी तुल्सी..
ठेलागाडामा मकै पोल्दै गुजारा चलाउँदै
काठमाडौँ - साँझपख । करिब साँझको ७ बजिसकेको थियो । बिहान कार्यालय गएका कर्मचारी आफ्नो घर डेरातर्फ लम्किरहेका थिए । ब्यस्त सडक भएकाले पनि सवारीको आवाज उत्तिकै चर्कोे आइरहेको थियो ।
ब्यस्त सडकको छेउमा एकाएक आँखा ठोकिन पुगे । चार पांग्रे ठेलागाडामा आगो धुवाँइरहेको थियो । नजर नजिकै पुगे । रातो स्वीटर, एक हातमा चिम्टा र अर्को हातमा मकै सँगै मकै पोल्दै ग्राहकको हातमा मकै थमाउदै हुनुहुन्थ्यो तुल्सी तामाङ्ग । आगोको रापमा मकै पिल्साउदै ग्राहकको भोक मेटाउने तुल्सीका दिनचर्या यसरी नै बित्दै आएका छन् । धादिङ्गको गल्छी गाउँपालिका -२ कि लक्ष्मी टोखा नगरपालिका -२ मिलनटोल बस्नेउनी घरको काइली छोरी हो ।
उमेरले ६० वर्ष पुगेकी लक्ष्मी मकै पोल्दै गर्जो टार्दै आउनुभएको छ । मिलनटोलभरि उहाँलाई मकै पोल्ने आमैका रुपमा चिन्दछन् । मकै पोल्ने आमाकहाँ मकै मिठो हुन्छ भनेर उहाँकोमा मकै खानेहरुको पनि उत्तिकैै भिड् हुने गर्दछ । एक दिनमा ६० वटा मकै पोलेर ग्राहकको भोक मेटाउनुहुनछ । दिउँसो कार्यालय र कामबाट फर्किदै गर्दा भोेकाएकाहरुले मकै खादै भोक मेटाएर आप्नो घर,डेरा तर्फ अघि बढ्छन् । दिनमा मकै पोलेर दुइहजार सम्म कमाउँनुहुन्छ । उमेरले ६० वर्ष पुगेकी उहाँ अहिलेसम्म अविवाहित नै हुनुहुन्छ। उहाँको बिहे भएको छैन ।
सानैमा दाजु बहिनी सबैले बिहेगरी आ आफ्नो घरबार सम्हालेपछि उनी बुबाआमासँगै बस्नुभयो । बुढेसकालमा आमा बाबुको साहारा बन्नुपर्छ भन्ने भावनाका साथ आमाबाको सेवामैै तल्लिन रहनुभयो । बुढेसकालम आमाबुबाको सेवा गर्दा गर्दा अन्तः आफ्नो जिन्दिगी बिताउनुभयो । बुढेसकालमा आमाबुबाको सेवा गर्नुपर्छ भनेर आफुले बिहे नगरेको उहाँ बताउँनुहुन्छ ।
दाई दिदि सबैले बिहे गर्नुभयो आ-आफ्नो जिम्मेवारी सम्हाल्नुभयो बाआमाको सेवा गर्ने कोही भएन’, उहाँले भन्नुभयो, ‘छोरी पनि त छोरा जस्तै हुन् हैन र ? त्यही भएर पनि सानोमा बाआमाले आफूले खाइनखाइ हुर्काउनुभयो । बुढेसकालको साहारा छोरी किन नबने भनेर बाआमाको सेवामै जिन्दगी बिताए बाबु ।’
बाआमाको सेवामा तल्लिन रहेका बेला पनि बिहेको प्रस्ताबको लागि घरमा हात माग्न नआएका भने होइनन् । कति सँस्कारी छोरी राम्री छिन भन्दै हात माग्न आउथे बाबु मैलेनै हुँदैन भने । बिहे गरे मेरा बाआमाको सेवा कस्ले गर्ने त्यही भएर पनि बिहे गरिन’, उहाँले भन्नुभयो ।
टहराको बसाई छ कुनै लोभ छैन
तुल्सी तामाङ काठमाडौँको टोखा नगरपालिका २ मिलनटोलमा बस्नुहुन्छ । उहाँमा कुनै लोभ छैन । मिलनटोल नजिक एउटा सानो टहरा छ उनी त्यहीँ टहरामा महिनाको पाँच हजार भाडामा बस्दै आउनुभएको छ । बिहानको झिस्मिसेमै निन्द्रा खुल्छ । उठेर पूजापाठ गर्छन र मकै ल्याउन चाबहिल पुग्नुहुन्छ । चाबहिलबाट मकै ल्याएर फर्केपछि खाना पकाउदै साँझको लागि मकै पोल्ने तयारीमा जुट्नुहुन्छ । अनि घाम डुब्दा नडुब्दै कोठाबाट ठेलागाडा डार्याउदै मिलनटोलतर्फ अगाडी बढ्दै उहाँ मिलनटोल पुग्दा मकै खानको लागि उनको पर्खाइमै बसेका हुन्छन् । बिहान चाबहिल पुगेर मकै ल्याउदा ल्याउदै र फर्केर खानाखादै समय ठिक्क हुन्छ’, उहाँले भन्नुभयो, ‘घाम नडुबेकै २,३ बजे मिलनटोल पुग्छु । सबैजना मकै पोल्ने आमै कतिबेला पुग्छिन् भनेर बसेका हुन्छन् ।’
साँझपख तुल्सीका वरिपरि मकै खानेहरुको घुँईँचो हुन्छ । मिलनटोल मकै पोल्ने आमाको अचार र मकै नै मिठो हुन्छ भन्दै मकै खानेहरु त्यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ । म त खाजा खान यहीँ आउछु भनेर खान्छन,’उहाँले भन्नुभयो, ‘मैले यहीँनेर मकै पोल्न थालेको पाँच वर्ष भयो । मकै पोल्दै जम्मा गरेको पैसा भगवानलाई खुशी बनाउन तिर्थ कर्म र साँझ बिहानको छाक टार्छु ।’
अन्य मकै पोल्नेहरु धनी बन्न छोराछोरीको रेखदेख गर्न र धेरै पैसा कमाएर घरजग्गा किन्ने सोच बनाएका हुन्छन् । तर,तुल्सीलाई त्यस्तो न कुनै लाभ छ नत छोराछोरीलाई हेरौँला भन्ने वा घर जग्गा किनौँला भन्ने सपना छैन । उहाँको एउटै सपना छ । पैसा कमाएर तर्थ बर्त गर्ने र भगवानलाई खुशी पार्न उनको ठुलो सपना रहेको छ ।
तिर्थब्रत गर्नकै लागि मकै पोलेर धेरै पैसा जम्मा गरेर काशी, बनारस तिर्थ बर्तमा जाने उनको ठुलो इच्छा रहेको बताउँनुहुन्छ । मलाई अरु कुनै लोभ छैन बाबु म त भगवानलाई खुशी बनाउने लोभ छ । अझ मकै पोलेर धेरै पैसा जम्मा गरेर एकपटक भगवानको दर्शन गर्न काशी, बनारस जाने धोको छ ।’ धन नभए पनि मन भए इच्छा पुरा हुन्छ भन्नेमा उनको विश्वास छ । काशी बनारस गएर एकपटक नुहाउन पाएको भए मात्र मेरा सारा इच्छा पुरा हुन्थे हे इश्वर पुर्याइदेइ भन्दै उहाँ इश्वर पुर्कानुहन्छ ।
बाआमा बितेपछि काठमाडौँ आएँ
सानैमा बाआमाको सेवा गर्दै तुल्सीको बालापन र युवापन बित्यो । सधैँ बाआमाको सेवामा तल्लिन रहनुभयो । आमाको सेवा गर्दा गर्दै आमा बुबाका पनि दिन ढल्किदै गए । अन्तः उहाँका बाआमाले पनि डुब्ने बेलाको घामझैँ हुँदै अन्तः उनका बुबाले ८८ वर्षको उमेरमा संसार छोड्नुभयो । केहि दिनको बिरामीले उहाँका बुबाको मृत्यु भयो । जस्बेला तुल्सीको उमेर ३५ वर्ष थियो । ६५ वर्षको उमेरमा आमा खस्नुभयो । बाआमा बिते पछि तुल्सी सधैका लागि एक्लि हुनुहभयो । त्यसपछि तुल्सीका दिन झनै संघर्षरत रहे । एक्लै भए पनि बिहेको प्रस्ताब नआएको होइन तर, उनले बिहे नगरी एक्लै बस्ने निधो गर्नुभयो ।
आमाबाको सेवामा तल्ल्नि तुल्सीका आमाबाले नै छोडेपछि उनको दिन दैनिकि कष्टप्रद रहे । त्यसपछि उहाँको बाटो काठमाडौँ राजधानीतिर मोडियो । काठमाडौ आएर दिदिको छोरि सङ्ग बस्दै आउनुभएको थियो ।
दिदिको छोरीहरुले पनि आफ्नै आमाजस्तै गरि माया गरि राखेका थिए । जोश जाँगर हुन्जेल आफै काम गरेर खानुपर्छ भन्ने उहाँमा थियो । छोरीज्वाइँकोमा बसेर छोरीज्वाइँलाई कति दुःख दिनु आफैले काम गरेर खानुपर्छ भनेर आफै मकै पोल्न सुरु गरेको उहाँ बताउनुहुन्छ । तिनिहरुलाइ पनि कति दु:ख दिनु भनेर छुट्टै कोठा लिएर बसेको छु, उहाँले भन्नुभयो, ‘टोखा ६ मिलनटोल नजिक टिनको टहरामा पाच हजार तिरेर कोठा भाडा बसेको छु तिन बजेबाट मकै पोल्न सुरु गर्छु साँझ कोठामा पुग्छु कहिले खाना ।’
दु:ख गरेर कमाएको पैसा चोरी
तुल्सीलाई कुनै लोभ छैन । उहाँ धार्मिक आस्थामा बढी विश्वास गर्नुहुनछ । उहाँ मकै पोल्दै आफ्नो पेटको लागि भन्दा पनि कुनै टाढा तिर्थ बर्त कर्ममा जाने सपना छ । त्यही सपना पुरा गर्नका लागि महिनौँ मकै पोलेर केही पैसा जम्मा गर्नुभएको थियो । राती सुतेको अवस्थामा जम्मा गरेको आठ दशहजार चोरी भएको बताउँनुहुन्छ ।
दिनभरिको कामले गलेर साँझ गहिरो निन्द्रा लागेको अवस्थामा सुतेकै कोठाबाट पैसा चोरी भएको बताउनुहुन्छ । बुढेसकाल अलिकति काम गरेपनि थकाइ लागिहाल्छ बाबु,’उहाँले भन्नुभयो, ‘यो बुढेसकालमा दुःख गरेर भगवानको दर्शन गर्न की टाढा काशी बनारस जाने ठुलो इच्छा थियो । त्यही पैसा चोरले राती आएर चोरेर लग्यो ।’
पैसा जम्मा गरेर काशी बनारसम्म जाने उनको ठुलो इच्छा थियो । तर,पैसा चोरी भएपछि अहिले पनि भगवानको दर्शन गर्नकै लागि भनेर मकै पोल्दै केही पैसा जम्मा गर्न थालेको उनी बताउँनुहुन्छ । मकै पोलेर आफुले खाइनखाइ जम्मा गरेको पैसा चोरी भयो बाबु,’उहाँले भन्नुभयो, ‘मकै पोलेको पैसा जम्मा गरेर भगवानको दर्शन गर्न जाउला भनेर साँझ चिया मात्रै खाएर जम्मा गरेर भएपनि काशी बनारस जाने इच्छा पुरा गर्नुछ ।’
रगत भन्दा भावनात्मक नाता बढी
तुल्सीसँग अहिले आफूले जन्माएका सन्तान छैनन् । रगतको नाता भएका नभएपनि मिलनटोल वरपर धेरै सन्तान छन् । रगतको नाता भन्दा पनि भावनात्मक नाता भएका धेरै छन् । त्यही मध्यकी एक हुन मुना बुढाथोकी । उहाँहरुसँग रगतको नाता भने होइन । मात्र भावनाको नाता हो । भावनात्मक रुपमा उनीहरुको साइनो फुपु भतिजीको हो । मुना काठमाडौँकि रैथाने हुन भने तुल्सी धादिङ्गकी रैथाने ।
उहाँहरुबीच तिन वर्ष पहिले मात्र भेट भएको थियो । मुना फेन्सी पसलको साउजी हुन भने तुल्सी मकै पोल्दै आफ्नो गुजारा चलाउँदै अउनुभएको छ । मुनाजस्तै रगतको साइनो नभएका तर भावनात्मक साइनो भएका टोखा वरिपरि उहाँका धेरैजना छन् । त्यही मध्यका प्रीय आफन्त मुना, तपेन्द्र, सुनिता लगायत अन्य धेरैजना रहेका छन् । मुनासँग पहिलेनै भेट भएको थियो भने तपेन्द्र सुनितासँग भेट भएको एकदुइ हप्ता मात्र भयो उहाँले छोराछोरी जस्तै ठान्छन् । भने मुनालाई आफ्नै भैदैनी मान्छन् । फुफु भैदैनीको रागतको साइनो नभएपनि भावनात्मक रुपमा उनीहरु फुपुभदैनी भएर सुख दुखका कुराहरु साटासाट गर्छन । तुल्सीका पाँच दाजुबहिनी थिए । जस्मा दाइ र एकजना दिदिको देहावसान भइसकेको छ भने अब दुइ दिदि बहिनी मात्र छन् ।
दिन त जसोजसो कटिजान्छ रात बिताउन धौधौ हुन्छ । राती कोठामा एक्लै हुन्छु कहीँ कतै अप्ठेरो बिरामी भएर राती नै कोठामैँ मरेँ भने पनि कसैले थाहा पाउँदैनन् होला सोचेरै बस्छु निन्द्रा लाग्दैन ।
अहिले मुनासँगै दुःख सुखका कुरा गर्नुहुन्छ । मनभित्र गुम्सिएका आफ्ना जिन्दगीका सुख दुःखका कुरा हुन्छन् । तुल्सीले अहिले एक्लो जीवनका बारेमा सबै कुरा खुलेर मुनासंग कुरा सेयर गर्नुहुन्छ । म राती नै मरेभने कस्ले लान्छ जस्ता विषयमा धेरै कुराहरु मनमा खेल्छन् मुनाले भन्नुभयो । त्यसैमा मैले सान्वना दिन्छु, मुनाले भन्नुहुन्छ, आफूले केही गर्न सकेको छैन । फूपुलाई केही दिन सकेको भएँ मलाई केही राहत हुनथ्यो ।
तुल्सीको दिदिको छोरीहरुले आइजा भन्नुहुन्छ अप्ठेरो लाग्छ । दिउँसो सबैले माया गर्छन राती के गर्ने भनेर चिन्ता हुन्छ । राती अबेर घर गएर खाना खान्छन् तुल्सी । राती कहिले ८ बजे कहिले ९ बजिसक्छ खाना बनाउने समय नहुदा चियाँको भरमै तुल्सीको रात कटाउने गरेको उहाँ बताउँनुहुन्छ ।
प्रतिक्रिया