तीन पटक सगरमाथाकाे शिखरमा पुगेर पर्वतारोही पूर्णिमा श्रेष्ठकाे कीर्तिमान

तीन पटक सगरमाथाकाे शिखरमा पुगेर पर्वतारोही पूर्णिमा श्रेष्ठकाे कीर्तिमान

काठमाण्डाै – पर्वतारोही पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।

वसन्त ऋतुमा चलिरहेको सगरमाथा आरोहणमा उहाँ हिजो बिहान सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक र मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बन्नुभएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गर्नुभएको छ ।

प्रतिक्रिया