भारतमा अन्तिम चरणको मतदान सम्पन्न

भारतमा अन्तिम चरणको मतदान सम्पन्न

काठमाडौं -   भारतीय राष्ट्रिय कंग्रेसका सभापति मल्लिकअर्जुन खर्गेले विपक्षी इण्डिया गठबन्धनले २९५ सीट जित्ने बताएका छन् । सभापति खर्गेले आफ्नो निवासमा विपक्षी दलका नेताहरुसँगको भेटमा यस्तो भनेको भारतीय न्यूज पोर्टल लाइभ मिन्टले जनाएको छ ।

यदि उनले भने जस्तो चुनावी परिणाम आएमा विपक्षी गठबन्धनले बहुमत पार गर्ने दृश्य देखिनेछ । जुन मोदी पुनः प्रधानमन्त्रीमा दोहोरिने भारतीय जनता पार्टी (भाजपा)को दाबीको विपरीत हने । ४० दल मिलेर बनेको विपक्षी गठबन्धनले २९५ सीट जित्नु भनेको बहुमत आउनु हो । ५४३ सीट भएको भारतीय लोकसभा जुन नेपालको प्रतिनिधिसभा जस्तै हो, त्यसको सामान्य बहुमत २७२ सीट हो ।

सात चरणमा भएको भारतीय लोकसभाको आज भएको चुनाव अन्तिम हो । पहिलो चरणको चुनाव अप्रिल १९ मा भएको थियो । दोस्रो चरणको अप्रिल २६ तथा तेस्रो र चौथो चरणको क्रमशः मे ७ र १३ मा भएको थियो । यस्तै पाँचौं, छैटौं चरणको मतदान भने क्रमशः मे २० र २५ मा भएको थियो ।

प्रतिक्रिया