लठ्ठा चुडिंदा मृत्यु भएका खच्चड मालिकलाई उचित क्षतिपूर्ति दिन सांसद रानाको माग

लठ्ठा चुडिंदा मृत्यु भएका खच्चड मालिकलाई उचित क्षतिपूर्ति दिन सांसद रानाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गर्नुभएको छ ।

यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो । यो विषय प्रतिनिधि सभाको बैठकमा उठाउँदै सांसद रानाले क्षतिपूर्तिको माग गर्नुभएको हो ।

पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।’


 

प्रतिक्रिया