प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

काठमाडौँ -    चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेशअनुसार बी एन्ड सीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो ।

गएको २०८० चैत १२ सर्वोच्चले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया