कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायीद्वारा लगातार प्रदर्शन

कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायीद्वारा लगातार प्रदर्शन

काठमाडौं -    कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार उनीहरु काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । छोटे राजाहरुको आतंक बन्द गरौं, कवाड व्यवसायीहरुको रक्षा गरौं भन्ने व्यानरका साथ प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले आफूहरुको रोजीरोटी बन्द नगर्न माग गरेका थिए ।

उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको र आफूहरुलाई महानगरबाट विस्थापित गर्न खोजिएको उनीहरुको गुनासो छ ।

यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया