गृहमन्त्रीलाई शर्माको प्रश्न- जीबी राईको लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी गर्ने ?

गृहमन्त्रीलाई शर्माको प्रश्न- जीबी राईको लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी गर्ने ?

काठमाडौं -  नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेसन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनी गृहमन्त्रीलाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले गृहमन्त्री रवि लामिछानेले लोकेसन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनी प्रश्न गर्नुभयो  । भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर उहाँले आशंकासमेत जनाउनुभयो  ।

शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको हो । अब त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेसन पत्ता लागिसक्यो भनेको ४ दिन भयो । लोकेसन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ ? लोकेसन पत्ता लागिसकेको भनेको जीबी राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदैछ ? देशलाई जीबीको लोकेसन चाहिएको होइन । जीबी राई चाहिएको हो ।’

मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धि नचाहिने शर्माको भनाइ थियो ।

प्रतिक्रिया