चिनियाँ उपविदेशमन्त्री वेइडोङले राष्ट्रपति पौडेलसँग गरे शिष्टाचार भेट

चिनियाँ उपविदेशमन्त्री वेइडोङले राष्ट्रपति पौडेलसँग गरे शिष्टाचार भेट

काठमाडौं -   चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

२ दिनअघि नेपालको आएका सुनसहितको टोली केही बेरअघि शीतल निवास पुगेको थियो । भेटघाटमा नेपाल(चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

उक्त भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको बताएका छन् । चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुऱ्याउँदै आएको सहयोगका लागि उनले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया