ठाटीकाँधमा गरियो वृक्षारोपण

ठाटीकाँधमा गरियो वृक्षारोपण

ठाटीकाँध  -  दैलेखको ठाटीकाँध गाउँपालिकामा वृक्षारोपण गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहयोगमा ठाटीकाँधका विभिन्न विद्यालयमा वृक्षारोपण गरिएको हो । 

ठाटीकाँध गाउँपालिका -१ मा रहेको सुर्योदय माध्यामिक विधालय नदाइ , ठाटीकाँध -१ मा रहेको श्री कृष्ण माध्यामिक विद्यालय लकान्द्र र ठाटीकाँध -६ को मालिका माध्यामिक विध्यालय पाँचलामा वृक्षारोपण गरिएको बताइएको छ । वृक्षारोपणमा आँप,अम्बा र विभिन्न किसिमका फलफूलका बोटविरुवाहरु वृक्षारोपण गरिएको सोसेक नेपालका पिल्ड अधिकृत भूपेन्द्र सिजापतिले जानकारी दिनुभयो  । 

उहाँका अनुसार ठाटीकाँध गाउँपालिकाको ठाटीकाँध बजार नजिकै रहेको हेलिप्याडमा ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले बर पीपलको विरुवा रोपेर वृक्षरोपण गर्नुभएको थियो  । 

सोसेक नेपाल द्वारा ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परियोजनाले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, लगायत कृषि मैत्री कार्यक्रम सन्चालन गरिरहेको र समुदायमा सकरात्मक प्रभाव परेको फिल्ड अधिकृत सिजापतिले बताउनुभयो ।    


 

 

प्रतिक्रिया