पहिरोका कारण सल्यानमा दुईवटा राजमार्ग अवरुद्ध
सल्यान - सल्यानका विभिन्न तीन ठाउँमा पहिरो जाँदा दुईवटा राजमार्ग अवरुद्ध भएका छन् ।राप्ती राजमार्गमा दुई स्थान र दाङ सुर्खेत सडकखण्डको एक स्थानमा पहिरो जाँदा दुई राजमार्ग अवरुद्ध भएका छन् ।
राप्ती राजमार्ग अन्तरगत दाङ र सल्यानको सिमाना कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
पानी परि रहेकोले पहिरो हटाउँदा पनि पहिरो झर्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि कपुरकोट क्षेत्रमा पहिरो गइरहेको र पहिरो हटाउँदै सडक संचालन गर्ने क्रम चलिहरको छ ।
त्यस्तै राप्ती राजमार्ग अन्तर्गत सल्यानको दार्मा गाउँपालिका -५ जलेखर्क बजार नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडकको छेउको भागबाट पहिरो गएकोले राजमार्ग सञ्ंचालन गर्न कठिनाइ भएको छ । अहिले दुइतिर गरेर दुई दर्जनबढी गाडी रोकिएका छन् भने सडक सञ्चालन गर्न डोजरको प्रयोग गरिएको छ ।
यसैगरी मदन भण्डारी राजमार्ग अन्र्तगत दाङ–सुर्खेत राजमार्ग अन्तर्गत कालिमाटी गाउँपालिकाका वडा नं -३ अस्रेनीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया