दुल्लुमा अभिभावक शिक्षा कार्यक्रम संचालन

दुल्लुमा अभिभावक शिक्षा कार्यक्रम संचालन

दुल्लु - दैलेखको दुल्लु नगरपालिकामा अभिभावक शिक्षा कार्यक्रम गरिएको छ । युनिसेफ नेपालको साझेदारी दुल्लु नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित बालिका सशक्तिकरणको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । 

भेदभाव सम्बोधन तथा सम्बोधन तथा घोषणा,स्वच्छता,र सामाजिक न्याय प्रवद्र्धन बालिका सशक्तिकरण परियोजना अन्तरर्गत समुदायमा अभिभावक शिक्षा कार्यक्रम दुल्लु नगरपालिका १३ वटै वडामा गरिएको बताइएको छ  ।

विगतमा अभिभावकहरुले सानै उमेरमा बालवालिकाहरुको विवाह गरिदिएका कारण बालिकाको जीवनमा विभिन्न असरहरु परेको र महिला हिंसा, कम उमेरमै धेरै बच्चा जन्मिने, वच्चाहरु कुपोषित हुने, आमामा शारिरिक मानसिक असर, रोग, भोग गरिबी डिप्रेसन तथा सम्बन्ध विच्छेदका जस्ता समस्या आउने गरेकाले यि समस्याहरु आउन नदिनका लागि परियोजना संचालन गरिएको बताइएको छ । 

अभिभावकमा चेतना अभिवृद्धिसँगैविद्यालय र राज्यका हरेक निकायमा भेदभावरहित बालवालिकाको पहुँच विस्तार गर्न परियोजना अग्रसर भएर काम गरिरहेको सोसेक नेपालद्वारा संचालितबालिका सशक्तिकरण परियोजनाका सामाजिक मनोविमर्शकर्ता रिना विकले बताउनुभयो  । 

उहाँका अनुसार भेदभाव सम्बोधन तथा पोषण स्वच्छता र सामाजिक न्याए प्रर्बद्धन गर्नका लागि बालवालिका सशक्तिकरण परियोजनासंचालन गरिएको बताउनुभयो  । 

उक्त कार्यक्रम दुल्लु नगरपालिका -९ मा संचालन गरिएको हो । तिनपटक सम्म यो कार्यक्रम संचालन भएको थियो ।  विभिन्न खण्ड खण्डअनुसार कार्यक्रम गरिएको सोसेक नेपालले जनाएको छ  । सोसेकका अनुसार ६ वटा खण्ड यस अघि संचालन भइसेको र मंगलवार ७,८ र ९ खण्डको बारेमा छलफल गरिएको थियो । जस्मा दुव्र्यवहार, हिंसा, एचआई भी, लागुऔषध र जिविकोपार्जन, आर्थिक शिक्षा सम्बन्धि छलफल समेत भएको थियो ।

प्रतिक्रिया