उत्तरी फिलिपिन्समा सडक दुर्घटना हुदाँ ११ जनाको मृत्यु

उत्तरी फिलिपिन्समा सडक दुर्घटना हुदाँ ११ जनाको मृत्यु

काठमाडौँ  - उत्तरी फिलिपिन्समा बिहीबार यात्रु वाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

'पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छु, प्रहरी मेजर एन्टोनियो पालाटाओले भन्नुभयो । यात्रु वाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । 

टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ, प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भन्नुभयो  । -एजेन्सी 

प्रतिक्रिया