नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा बधाई

नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा बधाई फाइल तस्बिर

काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।  

सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न निकट रहेर काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष ओलीले आज प्रधानमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिनुका साथै पदभार ग्रहण गरिसक्नुभएको छ । 

यसैगरी भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएका डा आरजु राणा देउवालाई बधाई दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत मन्त्री डा राणालाई बधाई दिनुहुँदै दुई देशबीच बहुपक्षीय साझेदारी बढाउन आफ्ना नेपाली समकक्षीसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । नवनियुक्त परराष्ट्रमन्त्री डा राणाले आजै पद तथा गोपनीयता सपथ लिई पदभार ग्रहण गरिसक्नुभएको हो । 

प्रतिक्रिया