व्यवसायिक कृषि कर्ममा रमाउँदै मन्सुर

व्यवसायिक कृषि कर्ममा रमाउँदै मन्सुर

काठमाडौँ  -   सामान्य जीवनशैलीसँगै असामान्य काम । पुर्व मेयर फरक जीवनशैली ।  सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर -६ लक्ष्मीपुरका जमिरुदिन मन्सुर हरिपुर नगरपालिकाका  पूर्व मेयर हुन । सर्लाहीमा रहेर उहाँले उत्कृष्ट कृषकको परिचय बनाउनुभएको छ । नगरपालिकाको मेयरको नेतृत्व समालिसक्नुभएको उहाँ जनतालाई कृषिमा हौस्याउँदै आइरहनुभएको छ ।  

समाजसेवीका रुपमा आफ्नो परिचय बनाइसक्नुभएका उहाँ कृषकका रुपमा समेत परिचित हुनुहुन्छ । पाँच वर्ष नगरपालिकाको प्रमुखसमेत भएर पाँच वर्ष कार्यकाल समालेर नगरवासीको सेवा गरेर अहिले आफै व्यवसायिक कृषि पेशामा होमिनुभएको छ । 

२०७४ मा भएको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो ।  त्यहाँ पुगेपछि पुर्ण रुपमा इमान्दारिताका साथ कृषि शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार लगायत पिछडीएका वर्गको हकहितका लागि आवश्यक काम गरेको उहाँको भनाई छ । नगरप्रमुखको रुपमा रहँदा पाँच वर्षमा करिब २७ किलोमिटर सडक पिच गरे । एकदशक सम्म आवश्यक नपर्ने गरि विद्यालयका भवन, फर्निचर र शिक्षक, शिक्षिका व्यवस्थापन समेत गरेको उहाँ बताउँनुहुन्छ । 

 पुर्व नगरप्रमुख जमिरुदिनको यति मात्र सपना थियो  ।  उहाँको सपना अझ बिशाल छ । हरिपुर नगरपालिकालाई विषादीरहित नगर बनाउने उहाँको ठुलो धोको थियो ।

नगरमा उहाँले विषादीरहित नगर बनाउन विषादी रहित नगर अभियानसमेत चलाएको उहाँ बताउँनुहुन्छ । म नगर प्रमुख हुँदा मेरो इच्छा नगरलाई विषादी रहित नगर बनाउने थियो त्यो अभियान पनि चलाएँ,’उहाँले भन्नुभयो, ‘ विषादी रहित अभियान संचालन गरेर कृषकहरुलाई ७० प्रतिशत बिउबिजन लगायतका कृषि सामाग्रिमा ७० प्रतिशत अनुदानमा दिएर नगरबासीको काम गरेको गरेँ ।’

नगरप्रमुख भएपछि जमिरुदिनले पहिले परम्परागत  रुपमा गर्दै आएको धान गहुँ मकै मात्र वा पहिले बिउ पाउदैन थियो',उहाँले भन्नुभयो, 'अहिले केरा, मेवा, ड्रागन खेती तर्फ पनि बढी जोड दिएको थिएँ । नगरप्रमुखको कार्यकाल सकिएपछि दश कठ्ठा जग्गामा केराको बोट ८०० मेवा ५००, ड्ररागन १४०   र अरु चाडै फल्ने बोटबिरुवा खेतमा लगाएको थिएँ   ।'

व्यवसायिक कृषिमा होमिएका जमिरुदिनले गोबरबाट मल बनाएर अहिले अर्गानिक उत्पादनतर्फ जोड दिदै आएको बताउँनुहुन्छ । 

व्यवसायिक कृषि गर्न चमेलीबाट ऋण 

नगरप्रमुख भएको समयमा कृषि विज्ञहरुलाई नगरमा लिएर माटो परिक्षण समेत गराउनुभएको थियो   ।  त्यही अनुभव अहिले आफूले प्रयोग गरिरहेको उहाँ  बताउँनुहुन्छ  । नगरप्रमुखको कार्यकाल पुरा गरेर व्यवसायिक कृषिमा होमिएका उहाँले अहिले व्यवसाय थप गर्नको लागि चमेली बचत तथा ऋण सहकारी संस्थाबाट ऋण समेत लिएको उहाँ बताउँनुहुन्छ  । चमेली बचत तथा ऋण सहकारीको पुर्व सदस्य समेत रहेको थिएँ,’उहाँले भननुभयो, ‘समय नभएका कारण आफू अहिले सक्रिय हुन सकेको छैन । नगरप्रमुखबाट बिदा भएपछि अहिले आफै व्यवसायिक कृषिमा होमिएको छु ।’ 

देशलाई कृषि क्षेत्रबाट मात्र माथि उठाउन सकिने कुरा बुझेका उहाँले अन्तः आफै व्यवसायिक कृषिमा होमिएको उहाँको भनाई छ । सबै कृषकहरुलाई अधुनिक कृषि खेतीतर्फ प्रोत्साहन गर्न सके मात्र मुलुकलाई अगाडी बढाउन सकिने र त्यसतर्फ राज्यले ध्यान दिनुपर्छ,’उहाँले भन्नुभयो   ।

व्यवसायिक रुपमा कृषि खेती गर्दै आउनुभएका जमिरुदिनले केरा र मेवा खेतीबाट वार्षिक ८ लाख आम्दानी हुनेमा ढुक्क रहेको उहाँ बताउँनुहुन्छ  ।

लगानी पनि बढि लाग्यो किन्दा खेरी खजिर्चलो भयो साढे चार लाख लगानी गरेको उहाँ बताउँनुहुन्छ  । ड्रागन मेवा हुँदै हजार पिस लगायको थिएँ । रोप्न नजानेर बिरुवा खेर गए । रातो केरा रुखमै पाक्छ यो दम र सुगर भएका विरामीले खादा राम्रो हुने उहाँको भनाई छ ।

यो देश कृषि प्रदान देश हो र यस्लाई हामीले राम्रोसँग उत्पादन मुलक बनाउन सकेनौँ भने हामीलाई  दिनकै अप्ठेरो हुन्छ । यसरी नै आधुनिक व्यवसायि कृषि तर्फ समयमै ध्यान दियौँ भने नेपालमै सम्भावना रहेको र यहि केही गर्न सकिने उहाँ बताउँनुहुन्छ । पाँच वर्ष नगरप्रमुखको कार्यकाल समालेर पुन कृषि कर्ममै फर्किएको छु,उहाँले भन्नुभयो, कृषकको छोरो हुँ जस्तोसुकै अवस्थामा पनि कृषि र कृषक भएर कृषि पेशामा लागिरहने मेरो इच्छा छ । 

अहिले युवाहरु लैलैमा लागेर बिदेश गएका हुन र राज्यले पिन ध्यान नदिएको बताउँनुहुन्छ  । स्वदेशमै  आधुनिक तरिकाले खेती गर्न सकेमा यही १, डेढ लाख कमाउन सकिने बताउँनुहुनछ  । उहाँ भन्नुहुन्छ, ‘बाहिरको भन्दा यहाँको हावापानी ठिकै छ यही बसेर गर्न सके राम्रै हुन्छ । देशमा किसानको छोरो कृषि मन्त्री हुनुपर्ने तर,यहाँ कुनै विचौलियाको छोरो कृषि मन्त्री हुँदा कृषि क्षेत्रमा राम्रो नभएको उहाँको भनाई छ   ।’ 

व्यवसायिक कृषि खेती गर्नेहरुका लागि चमेली बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट संस्था भएको उहाँ बताउँनुहुन्छ  । यस्ले नाफा मात्र होइन यो उर्जा दिने खालको उत्पादन दिने र गराउने संस्था हो,’उहाँले भन्नुभयो, ‘यसकारण पनि हामीले यो संस्थामा सदस्य बनेर संचालक समितिमा पनि बसेको र अहिले पुर्व संचालक समितिमा रहेको छु  । यो संस्थाले गरेको काम साच्चिकै प्रसंसनीय रहेको छ ।’ 

व्यवसायिक कृषि रोज्नेहरुका लागि र व्यवसायिक कृषि खेती गर्नेहरुका लागि यो संस्थाले उत्कृष्ट काम गर्दै आएकाले  यो संस्था मार्फ कृषि क्षेत्रको मुहार फेरिने कुरामा आफु पुर्ण रुपमा विश्वास रहेको उहाँले बताउनुभयो ।। 

प्रतिक्रिया