पुरुषमैत्री कानुन वदल्नुपर्छ:राना

पुरुषमैत्री कानुन वदल्नुपर्छ:राना

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं संघिय साँसद सिताकुमारी रानाले नेपालको कानुन पुरुषमैत्री भएकाले यसलाई बदल्नुपर्ने बताईन । गएको सोमवार नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवसको प्रमुख अथिति रहेकी रानाले स्मृति दिवसमा सो कुरा बताएकी हुन् । 
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि २००४ साल साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघ स्थापना भएको जानकारी दिदै, उनले भनिन, ‘पुरुष मात्र मान्छे हुन् भन्ने हाम्रो समाजमा नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएकोले अहिले संविधानमा रहेको समावेशी,समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनले उपलब्धी हासिल गरेको छ ।’
 महिलाहरु कुनै पनि नेतृत्वमा पुग्दैनन् भन्ने सोचलाई सिंहको महिला हक अधिकारको आन्दोलनले अधिकाँश महिला नेतृत्वमा पुगेको दावी गरिन । उनले थपिन, “अब हामीले पुरुष नै मुल आधार मानेर बनाएका नीति नियमलाई फेरवदल गर्नुपर्ने आवश्यकता छ । श्रीमति संघ,प्रहरी सेना, अदालतका माथिल्लो तहमा बस्नेहरुले आज त्यही ओहदा शुसिला कार्की,सपना प्रधान मल्ल श्रीमान भन्ने ठाउँमा पुग्नु भएको छ । अब उहाँहरुले कसलाई श्रीमान भन्ने यस्ता कानुन वदल्नुको विकल्प छैन ।”


सोही कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक मन्त्री घनश्याम भण्डारीले मंगलादेवीको योगदानले आज महिलाहरु राजनीतिको उच्च तहमा पुगेको बताए । यदी उहाँले समयमै नेपाली महिला हक,अधिकारका लागि आवाज उठाएको कारण महिला राष्ट्रप्रमुख,न्यायधीश जस्तो गरिमामय पदमा पुग्न सफल भएका छन् । नेपाली महिलाका लागि प्रेरणा भएको बताए । सोही स्मृति दिवसमा कणाली प्रदेशकी उर्जा जस्रोत मन्त्री विजया बोहराले मंगलादेवी महिलाको लागि देवी नै भएको बताईन । उनले भनिन् ,हाम्रा राजनीति विचार फरक होला,आस्था भिन्न होला । तर आम नेपाली महिलाका समस्या एउटै खाले भएकाले विचार र आस्थालाई अलग्गै राखेर हक अधिकारका लागि एकजुट भएर लाग्नुपर्छ । 


 कार्यक्रममा,माननीय सुर्यकुमारी श्रेष्ठ,नेपाली काँगे्रसका पार्टी सभापति मणिराम रेग्मी,नारायण नगरपालिकाकी नगरउपप्रमुख तप्ताकुमारी थापा एवं विभिन्न दल महिला नेतृको सहभागी थियो भने कार्यक्रम नेपाल महिला संघ दैलेखकी अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया