मिनी बस दुर्घटनावाट एकको मृत्यू, दुई घाइते

मिनी बस दुर्घटनावाट एकको मृत्यू, दुई घाइते

दैलेख – मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । गुराँस गाउँपालिका–४ डबलगैरामा भएको दुर्घटनामा दैलेखको दुल्लू नगरपालिका–१३ मालिका गाउँका २४ वर्षीय महेन्द्र शाहीको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

दैलेखबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनी बस सडकबाट ५० मिटर तल जंगलमा खस्दा गम्भीर घाइते चालक दुल्लू नगरपालिका–१३ मालिका गाउँकै २४ वर्षीय बीरेन्द्र शाही र त्यहीका १९ वर्षीय सबिन शाहीलाई उपचारका लागि सुर्खेत पठाइएको छ । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यात्रारत तीनै जना गुराँस गाउँपालिका–४ रिटामा गएराति बास बसेका र विहान सुर्खेतदेखि यात्रु लिन जाँदै गर्दा दुर्घटना भएको बताइएको छ । जाँदा यात्रु नहुने भएकोले चालक शाहीले आफ्नै ठाउँ दुल्लू नगरपालिका–१३ मालिका गाउँका साथीहरुलाई लिएर गएका बेला विहान साढे ५ बजे नै दुर्घटना भएको थियो ।

प्रतिक्रिया