सुत्केरी अप्रेशन सेवा बन्द

सुत्केरी अप्रेशन सेवा बन्द

दैलेख, माघ १६ । दैलेखमा विगत दुई महिनादेखि अप्रेशन गरी सुत्केरी गराउने सिइओएनसी सेवा बन्द भएको छ । जनशक्ति अभावमा सेवा बन्द भएको जिल्ला अस्पताल दैलेखले जनाएको छ । परिवार स्वास्थ्य महाशाखाको आर्थिक अनुदानमा दैलेखमा सञ्चालन गरिएको सो सेवा बन्द हुँदा अप्रेशन गर्नुपर्ने सुत्केरीलाई जिल्लाबाहिर पठाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. सोभित थापाले बताएका छन् । उनले जिल्लामा अप्रेशन गर्ने दक्ष जनशक्ति नभएकाले सो सेवा बन्द गर्नुपरेको बताए ।

उनले सो सेवाका लागि गाइनोलोजिस्टसहितको टिम आवश्यक पर्ने भन्दै नेपालमा गाइनोलोजिस्टको अभाव भएकाले समस्या भएको बताए । उनले जिल्लामा गाइनोलोजिस्ट ल्याउनका लागि आफूले पहल गरिरहेको समेत जानकारी दिएका छन् । उनले परिवार स्वास्थ्य महाशाखालाई नै डाक्टरसहितको टिम पठाइदिन अनुरोधसमेत गरेको जनाए ।

प्रतिक्रिया