हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया

हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया

हुम्ला – जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गएको पुस २९ गते अस्पताल आउनुभएकामा स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका डा। हेमविक्रम शाहीले बताउनुभयो ।

सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने अवस्था रहेको तर आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग गरी शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत डाक्टर, अनमी र स्वास्थ्यकर्मीहरूको सहयोगमा परियारको सफल शल्यक्रिया भएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । परियारले दुई जुम्ल्याहा छोरी जन्माउनुभएको छ । जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।  

प्रतिक्रिया