रुकुम पश्चिममा मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता

रुकुम पश्चिममा मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता

रुकुम पश्चिम  –   त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित युवा जनजागरण माध्यामिक विद्यालयमा  आयोजित मावि स्तरिय हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय मावि पेउघाले प्रथम स्थान हासिल गरेको छ ।

किवानिज इन्टरनेसनल क्लब अफ खारा र सहिद स्मृति युवा क्लबको संयोजनमा आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका सात विद्यालय सहभागी थिए । जनप्रिय माविले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त ग¥यो भने जनशक्ति मावि विताडाँडा दोस्रो, साधारण मावि मुरुडाँडा तेस्रो र आयोजक विद्यालय सान्त्वना स्थानमा रहे।

कार्यक्रममा मोहन लम्साल प्रमुख अतिथि, वडा अध्यक्ष दिपेन्द्र कुमार ओली विशेष अतिथि थिए। क्लबले प्रतियोगितामा सहभागी सबै विद्यालयका लागि यातायात र खाजाको व्यवस्था गरेको थियो।

क्लबले यसअघि भूकम्प प्रभावित विद्यालय र बाल विकास केन्द्रमा भवन निर्माण तथा कम्प्युटर प्रदान गर्दै आएको छ।

प्रतिक्रिया