तिल गाउँमा बाढीपहिरो गएपछि १८ परिवार सारिए सुरक्षित स्थानमा

हुम्ला – नाम्खा गाउँपालिका–६ स्थित लिमिको तिल गाउँमा बिहीबार राति सेखाङलुग्वा खोलामा एक्कासी बाढी र पहिरो आउँदा १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। राति ११ बजे आएको बाढीपछि स्थानीयलाई हिमशिखर आधारभूत विद्यालयको चौरमा राखिएको वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो ।
बिना वर्षा आएको बाढी हमिताल फुटेकै कारण हुनसक्ने आशंका गरिएको छ। बाढीले तिल–गुम्बा आवतजावत मार्ग, निर्माणाधीन तिल लघु जलविद्युतको पावर हाउस, सिँचाइ कुलो र बालीमा क्षति पुर्याएको छ।
प्रहरीलाई शुक्रबार बिहान मात्र खबर पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त १३ सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। क्षतिको विस्तृत विवरण भने प्रहरी टोली पुगेपछि मात्रै आउने जनाएको छ। हालसम्म कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।
प्रतिक्रिया