विद्यालयमा मल्टिमिडियाबाट पढाई

विद्यालयमा मल्टिमिडियाबाट पढाई

ग्रामिण क्षेत्रका सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि केही वर्ष अगाडी सम्म नयाँ प्रविधि अनौठो लाग्थ्यो । उनीहरुले कम्प्यूटर, इमेल, इन्टरनेट देख्न त के छुन समेत पाएका थिएनन् । अहिले नयाँ प्रविधिमा आएको विकास र विस्तारले गर्दा विद्यार्थीको पहँुच त्यस्ता प्रविधिमा पुग्दै आएको छ ।
दुल्लु ९ को धामी गाउस्थित प्रेमदेवी माध्यामिक विद्यालयलाई सेभ द चिल्डेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख द्धारा सञ्चालित सहयात्रा परियोजनाले सूचना संचार प्रविधिको लागि भनेर १ लाख २४ हजार ८० रुपैया उपलब्ध गरायो । उक्त रकमबाट विद्यालयले कम्प्यूटर, मल्टिमिडिया र फोटोकपि लगाएतका सामाग्री खरिद गरेको विद्यालयका प्रधानाध्यापक मणि जैसीले बताए । उनले थपे, मल्टिमिडिया भए पछि विद्यालयमा विज्ञानका सामाग्री पढाउन सजिलो भएको छ । मल्टिमिडिया को प्रयोगले विद्यार्थीमा रचनात्मक ज्ञानको विकास गर्नुका साथै सिकाईप्रति उत्प्रेरणा जगाएको हुदाँ यसको प्रभावकारी प्रयोगमा आफु सचेत भएको उनको भनाई थियो । महिनामा एक दिन सबै कक्षामा मल्टिमिडिया मार्फत नयाँ नयाँ विषयवस्तुको बारेमा जानकारी गराईने गरिएको जैसीले बताए ।
हाम्रो पालामा राम्रो सँग कापि कलम पाउदैन्थ्यौ । नत शिक्षक नियमित विद्यालय आउथे नत विद्यार्थी । पढाईको गुणस्तर पनि त्यस्तै थियो । कक्षा छाड्ने र दोहो¥याउने विद्यार्थीको संख्या बढी थियो । अहिले विभिन्न नयाँ प्रविधिबाट अध्ययन अध्यापन गर्ने गर्दा विद्यार्थीको सिकाईस्तरमा पनि बृद्धि हुन लागेको सह शिक्षक आनन्द दाहालले बताए । उनले थपे, फोटोकपि मेशिन प्राप्त भएपछि परिक्षाको समयमा प्रश्न पत्र निकाल्दा महिना भरी हातले लेख्नु पर्ने बाध्यता हटेको छ । अहिले एक दिनमै सबै काम गर्न सकिने कम्प्यूटरले बनाई दियो ।
मल्टिमिडिया मार्फत चित्रको माध्यमले पढाई हुदाँ भनेको कुरा बुझ्न सजिलो भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी क्षितिज ज्ञवलीको भनाई छ । उनले थपे, शहर बजारमा फिल्म हेर्न जान्छन् भन्ने सुनेको थिए । अहिले हामी कक्षा कोठामै फिल्म जस्तै गरी विषयवस्तु अध्ययन गर्न पाएका छौं ।
छोटो समयमै विद्यालयमा भएको परिवर्तन देख्दा आफु खुसि भएको विद्यालय व्यवस्थापन समितिका सदस्य खजुरा सुुजीको भनाई छ । उनले थपिन, आफ्नो कार्यकालमा विद्यालयको प्रगतिका लागी आफुले सक्दो सहयोग गर्न तयार छु । विद्यालयमा कक्षा कोठाको अभावले गर्दा अध्ययन अध्यापनमा केही समस्या भएको छ । नयाँ भवन निर्माण हुदैछन् । भवन निर्माण भए पछि जिल्लाकै नमुना विद्यालय बनाउन आफु लागी पर्ने सुजीको भनाई थियो ।

प्रतिक्रिया