भैरवीमा विविध कार्यक्रम गरि मनाइयो विश्व वातावरण दिवस

भैरवीमा विविध कार्यक्रम गरि मनाइयो विश्व वातावरण दिवस

दैलेख –   दैलेखको भैरवी गाउँपालिकामा विश्व वातावरण दिवस २०२५ विशेष कार्यक्रमका साथ मनाइएको छ ।  एईआइएन लक्जेमबर्गको साझेदारी सोसेक नेपालद्वारा भैरवीमा संचालित आधार परियोजनाको आयोजनामा भैरवी गाउँपालिका–७ स्थित भगवती आधारभूत विद्यालयमा विश्व वातावरण दिवस २०२५ मनाइएको हो ।

'प्लास्टिक प्रदूषण अन्त्य गरौं' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयमा गठन गरिएको भगवती बाल क्लबकी अध्यक्ष राधिका बराल मगरको अध्यक्षतामा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत विद्यालय वरिपरि सरसफाई गरिनुका साथै बालबालिकालाई सही तरिकाले हात धुने अभ्यास गराइएको थियो । सरसफाई र व्यक्तिगत स्वच्छतासम्बन्धी सचेतनामूलक गतिविधिहरूले विद्यार्थीमा स्वास्थप्रति सजगता बढाएको आधार परियोजना भैरवीले जनाएको छ  ।

विद्यालय र समुदायस्तरमा प्लास्टिक प्रदूषणका विरुद्ध सचेतना फैलाउने उद्देश्यसहित सम्पन्न कार्यक्रमले वातावरण संरक्षणमा बालबालिकाको भूमिकालाई पनि उजागर गरेको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया