नेपाल र केन्याबीचको खेल सुरु, नेपाललाई ब्याटिङको निम्तो

नेपाल र केन्याबीचको खेल सुरु, नेपाललाई ब्याटिङको निम्तो

nepal-kenya-sanga-bhidai-58c35b680c27c4.43780176

काठमाडौं  । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्यासँगको खेल सुरु भएको छ । केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । पानी परेका कारण खेल ३८ ओभरमा छोट्याइएको छ । नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् ।  नेपालले पाँचौ चरणको खेल अन्तर्गत केन्यासँगको दोस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवी खेल मैदानमा खेल्नेछ ।

सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनोट हुने सम्भावना जीवित राख्न नेपालले केन्यालाई दुवै खेलमा हराउनुपर्नेछ । विश्व क्रिकेट लिगको शीर्ष चारमा रहने टोलीले विश्वकप क्वालिफायरमा छनौट हुने अवसर पाउनेछ । त्यसैले नेपालको उक्त सम्भावना कायम रहन केन्यालाई दुवै खेलमा पराजित गर्नुपर्नेछ ।

चौथो चरण खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । केन्या ८ अंक जोडेर लिगको पाचौँ स्थानमा छ ।

नेपालले अहिलेसम्म खेलेको ८ खेलमा ३ जित र ५ खेलमा हार बेहोरेको छ । त्यसैले क्वालिफायर छनौटको आशा जीवित राख्न नेपालले केन्यालाई दुईवटै खेलमा हराएर १० अंकसहित तालिकाको पाँचौ स्थानमा जानैपर्नेछ ।

त्यसपछि नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा यूएईलाई हराउनु जरुरी छ । पाँचौ चरणको खेल चलिरहँदा च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवान्युगिनी र तेस्रोमा हङकङ छन् ।

नेपाली टोली भारतको नोयडामा एकसाता लामो प्रशिक्षण गरेर फर्किएको थियो ।
केन्यासँगको खेलका लागि नेपालले चार वैकल्पिकसहित १४ सदस्यीय नेपाली टोलीको घोषणा अघिल्लो साता नै गरेको थियो ।
केन्यासँगको खेलका लागि अलराउन्डर मेहबुब आलमको पुनरागमन भएको छ । नेपाली टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् ।

केन्यासँगको खेलका लागि छनोट भएको नेपाली टोली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
सागर पुन
सन्दिप लामिछाने
बिनोद भण्डारी
मेहबुब आलम
सोमपाल कामी
सुनिल धमला
दिपेन्द्र सिंह ऐरी
वसन्त रेग्मी
शक्ति गौचन
शरद भेषवाकर
आरिफ शेख
करण केसी
वैकल्पिक खेलाडी
भुवन कार्की
दिलिप नाथ
अभिनाश कर्ण
राजेश पुलामी मगर

प्रतिक्रिया