लक्ष्मीको नेतृत्वमा बाल संजाल
दैलेख, स्थानीय निकाय लगायतका संरचनामा बालबालिकाको अर्थपूर्ण सहभागीता गर्ने उद्धेश्यले नगरस्तरीय भेलाबाट लक्ष्मी रावलको नेतृत्वमा बाल सञ्जाल गठन गरेको छ । भेलामा बडास्तरीय बाल क्लवका ३९ बाल प्रतिनिधिको सहभागीता रहेको थियो ।
नयाँ बनेको स्थानीय निकायको संरचना अनुसार बाल सञ्जाल नभएकाले भेलाबाट नयाँ गठन गर्नुपरेको नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्त बहादुर मल्लले बताए । उनले थपे, नगरपालिकाले उपलब्ध गराउने सार्वजनिक सेवा र वस्तुमा बालबालिकाको हकलाई सुनिश्चित गरिनेछ । अधिकार मागेर पाइदैन् । आफ्नो अधिकारका लागि बाल क्लव र बाल सञ्जालको भूमिका महत्वपूर्ण हुनुपर्ने मल्लको भनाई थियो ।
बालबालिकाको हक अधिकार, बाल सञ्जाल गठन प्रक्रिया र बालबालिकाको भूमिका बारेमा सामुदायिक विकास कार्यक्रमका पूर्ण प्रसाद शर्माले अभिमुखिकरण गरेका थिए । बालबालिका भविश्यका कर्णधार मात्रै नभएर वर्तमानका साभेदार पनि भएकाले स्थानीय निकायका विभिन्न गतिविधिमा बालबालिकाको सहभागीता अनिवार्य हुनुपर्ने सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाका बाल संरक्षण तथा बाल शासन अधिकृत निर्मल अधिकारीले बताए । उनले थपे, बालबालिका माथि हुने सबै प्रकारका हिँसा र बाल विवाह न्यूनिकरणमा बाल सञ्जालले महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।
लक्ष्मी रावलको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष राजु नेपाली, सचिव गोमा कुमारी श्रेष्ठ, सह सचिव नरेश रावल, कोषाध्यक्ष भविसरा थापा मगर, सदस्य चन्दा कुमारी थापा, तुल्सी कटुवाल, तुल्सी कटुवाल, भक्त सोनी र श्रृष्टि कार्की रहेका छन् ।
बैसाख ३१ गते हुन गइरहेको स्थानीय निकायको आसन्न निर्वाचनलाई लक्षित गरि राजनैतिक दलबाट सञ्चालन गरिने सभा, सम्मेलन, जुलुस र ¥यालीमा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गर्ने जिम्मेवारी नगरस्तरीय बाल सञ्जाल र वडास्तरीय बाल सञ्जाललाई तोकिएको निर्णय भएको छ । त्यसै गरी भेलाले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिँसा विरुद्ध काम गर्ने र स्थानीयस्तरमा बाल विवाह न्यूनीकरणका लागि बाल क्लवहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिवद्धता गरिएको थियो ।
यसैगरि ठाटीकाँध गाउपालिका, दुल्लू नगरपालिका, आठविस नगरपालिकामा आज नै गाउ नगर पालिका स्तरीय वाल क्लव संजाल गठन गरिएकोछ । वाल क्लव संजाल गठनको सहजीकरण सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको थियो ।
प्रतिक्रिया