स्वस्थ महिनावारी अभियान्ता दैलेखमा, स्वस्थ महिनावारी बारे अभिमुखीकरण

स्वस्थ महिनावारी अभियान्ता दैलेखमा, स्वस्थ महिनावारी बारे अभिमुखीकरण

दैलेख, असार ७ – जिल्ला समन्वय समितिको सहयोग तथा महिला तथा बालबालिका कार्यालय दैलेख र महिला जागरण केन्द्र (वाक) दैलेखको आयोजना र सामाजिक सेवा केन्द् (साेसेक) दैलेखकाे समन्वयमा महाबु गाउँपालिका–३ बाँसीमा आज स्वस्थ महिनावारी सम्वन्धी १ दिने अभिमुखीकरण सम्पन्न भयो । Bansi Chhaupadi Bansi Chhaupadi (2)
महिनावारीको समयमा व्यक्तिगत सरसफाई, त्यसबेला पोसिलो खानाको आवश्यकतादेखि सामाजिक सहयोगका विषयमा स्वस्थ महिनावारी अभियन्ता खलङ्गामा हमालाका लेखिका राधा पौडेल, महिला विकास अधिकृत अनिता ज्ञवाली, सहजकर्ता श्रीलता रानाले सहजीकरण गरेकी थिइन् ।
महाबु गाउँपालिका ३ नं. वडाका वडाध्यक्ष हिरासिंह बडुवाल, पत्रकार अमर सुनार, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख कार्यक्रमका संयोजक दुर्गा बनसन्यासी, महिला जागरण केन्द्र (वाक) का उपाध्यक्ष दुर्गा श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा महिनावारी बार्ने चलन र यसको नकारात्मक असरका विषयमा छलफल केन्द्रित भएको थियो ।
छलफल अघि स्वस्थ महिनावारी अभियन्ता एवं खलङ्गामा हमालाका लागि मदन पुरस्कार विजेता लेखिका राधा पौडेलको टोलीले बाँसीमा महिनावारी बार्ने चलनका विषयमा गाउँ समाजको प्रचलन, छाउगोठहरु र त्यहाँ बसेका महिला तथा उनका परिवारहरुसंग भेटेर महिनावारी अवस्था बारे सुक्ष्म अध्ययन गरेको थियो ।
महिला तथा बालबालिका कार्यालयले दैलेखमा महिनावारीको अवस्था बारे अनुसन्धानका लागि लेखिका पौडेललाई दैलेख बोलाएको हो । उनले नारायण नगरपालिकाका जनप्रतिनिधिलाई २ दिन अभिमुखीकरण र हिजो मात्र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जबमुकाँध पुगेर स्वस्थ महिनावारीको अवस्था विषयमा अन्तरक्रिया गरेकी थिइन् ।

प्रतिक्रिया