राष्ट्रिय बाल दिवस २०७४ बाट सम्मानित

राष्ट्रिय बाल दिवस २०७४ बाट सम्मानित

जिल्लामा बालबालिकाको हक हित, बाल कल्याण, बाल संरक्षण र बालअधिकारको क्षेत्रमा उल्लेख्य योगदान गरेवापत दैलेखका हिरासिंह थापा केन्द्रीय बाल कल्याण समितिबाट सम्मानित भएका छन् । थापा सहित ‘बाल कल्याण समिति जिल्ला सम्मान’ बाट विभिन्न जिल्लाका १५ जना सम्मानित भएका थिए ।


जिल्ला बाल कल्याण समितिको सदस्यमा रहि भौतिक पूर्वाधार व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, कानूनी तथा नीतिगत व्यवस्थाको कार्यान्वयन, कार्यक्रम तथा परियोजना व्यवस्थापनका लागि समन्वय, सहयोग, सहकार्य, सहजीकरण र नेतृत्वदायी भूमिका तथा विशेष योगदानको उच्च मूल्याँकन गर्दै केन्द्रीय बाल कल्याण समितिले हरेक वर्ष राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समितिका सदस्यलाई सम्मान गर्ने गरेको छ ।
‘बालमैत्री शासन ः बालअधिकारको सम्मान’ भन्ने मूल नारा सहित भाद्र २९ गते राष्ट्रिय बाल दिवस को अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका माननीय मन्त्री आशा कोइरालाको अध्यक्षतामा मनाईएको मूल समारोह कार्यक्रममा उक्त सम्मान गरिएको थियो । मन्त्री कोइरालाले भनिन् बालअधिकारको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्नेहरुको लागि सम्मान गरिएको हो । यो सम्मानले बाल अधिकारको क्षेत्रमा काम गर्नेहरुलाई अझै उत्साहित गर्नेछ ।
थापा संगै बाग्लुङ्गा के.बी. राना मगर, नवलपरासीका कैलाश ठाकुर, प्यूठानका मेघराज भट्ट, तनहुका रामनाथ भट्टराई, धादिङका पार्वती अधिकारी, मकवानपुरका बद्रीप्रसाद लम्साल, कास्कीका रामप्रसाद सुवेदी, कन्चनपुरका पुनम सिंह चन्द, बाजुराका लालबहादुर ओली, इलामका प्रकाश अधिकारी, गोरखाका लुमनाथ लामिछाने, दाङका डा. भोलानाथ योगी, सिन्धुलीका रामबहादुर हायू र कैलालीका शेरसिंह खड्का सम्मानित भएका थिए ।

प्रतिक्रिया