सम्वीधान दिवशको दिन १३ बर्षिया बालकको उद्धारपछि परिवारिक हस्तान्तरण तथा पुनर्मिलन
दैलेख असोज ३, विगत दुई महिना देखि जुम्लाको एक होटलमा कामगर्दै आइरहेका १३ बर्षिया बालकको उद्धार गरिएको छ । विसाल केसी नाम बताउदै आएका पंचदेवल नगरपालिका विनायक वडा नं. ५ अछाम का मंगलभुलको उद्धार गरिएको हो । बालक जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ४ मा रहेको जेनी एण्ड जेस्मिन होटलमा दुई महिला देखि बालश्रमको रुपमा काम गर्दै आइरहेका थिए । बालकलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उद्धार गरेको हो । उद्धार गरि ल्याइएका बालकको जिल्ला बाल कल्याण समिति दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले परिवारको जिम्मा लगाएको छ । मंगलवार आयोजित बेबारिसे अलपत्र तथा बालश्रमिकको रुपमा रहेका बालबालिकाहरुको उद्धार गरि पारिवारिक पुर्नमिलन तथा हस्तान्तरण कार्यक्रममा बालकका दाई तुलाराम भुलको जिम्मा लगाइएको हो । जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ४ मा रहेको जेनी एण्ड जेस्मिन होटलमा बाट उद्धार गरि सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगतको महिला तथा वालवालिका केन्द्रमा राखिएका वालकलाई अभिभावकको जिम्मा लगाइएको हो । वालकलाई जुम्लामा उद्धार गर्न ९ दिन लागेको कुरा सोसेकका महासचिव नैन वहादुर शाहीले वताए ।
बालक हस्तान्तरण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बेबारिसे तथा बालश्रमिकको रुपमा विभिन्न होटेल तथा उद्योगमा काम गरिरहेका बालबालिकाहरुको उद्धार गरि गैससले पंशसनियकार्य गरेको बताए ।
सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगत महिला तथा वालवालिका केन्द्रमा अन्य २ जनाबालकको उद्धार गरि राखिएको छ । राराछाँयानाथ नगरपालिका मुगुक ानविन खड्का र नन्दराज खड्कालाई उद्धार गरि राखिएको हो । उनिहरुका अभिभावकको खोजीकार्य भइरहेकाले परिवार संग सम्पर्क भएलगत्तै बालकहरुलाई जिल्मा लगाइने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिएका छन् । यस्तै दैलेखको गुरास गाउँपालिका वडा नं. ५ का सन्तोष विकलाई सोसेक अन्तरगतको महिला तथा वालवालिका केन्द्रमा राखि सनराज बोडिंग स्कुलमा पढिरहेका छन् । सामाजिक सेवा केन्द्र (सोेसेक) दैलेखले हाल सम्म ५५ जना बालकको उद्धार गरि सकेको छ । बालश्रमिक बसेका तथा बेबारिसे अवस्थामा उद्धार गरिएकाबालक मध्ये ४ जना बालकलाई भारतबाट उद्धार गरि ल्याइएको हो ।
प्रतिक्रिया