गजल

गजल

केहि बन्नलाई जिन्दगीमा धोका खानु पर्छ?

जसरी भोक लागेको बेला खाना खानु पर्छ।

मेरो केही काम छैन म सडकछाप आवारा हु।

मैले हरेक दिन डाडामा बसी हावा खानु पर्छ।

बिहानै धोकियो र आतंक मच्चाईयो गाँउमा।

भन्थे कोई कोई रक्सी सुत्ने बेला खानु पर्छ।

कहा हरेक खुशीहरु एउटै भाग्यमा लेखिन्छ?

जिन्दगीमा स्वादहरु मिठा नमिठा खानु पर्छ।

झोल दाँतै नभयकाहरुले पिएर सिद्दाय यहा।

तिम्रा दाँत छन् तिम्ले हड्डी चोक्टा खानु पर्छ।

प्रवाशी काजी

सुर्य बहादुर थापा दैलेख

प्रतिक्रिया