शहिद पूर्ण स्मृति कप भलिवल प्रतियोगितामा आठविस नगरपालिका प्रथम

शहिद पूर्ण स्मृति कप भलिवल प्रतियोगितामा आठविस नगरपालिका प्रथम

दैलेख, राज्य पुर्नसंरचना भैसके पछि दैलेखमा पहिलो पटक अन्तर स्थानीय तह स्तरिय जिल्ला व्यापी खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । शहिद पूर्णबहादुर भण्डारीको १५औँ स्मृति दिवशको अवसर पारी शहिद पूर्ण स्मृति प्रतिष्ठान दुल्लु, दैलेखले दुल्लु पटांगीनिमा आयोजना गरेको प्रतियोगितामा आठविसनगरपालिकाको समुह प्रथम भएको छ भने द्धितिय डुंगेश्वर गाउँपालिका समुह भएको छ । नारायण नगरपालिका तृतिय स्थान ल्याउन सफल भयो । सान्तवनामा दुल्लु नगरको समुह आएको छ ।


प्रतियोगितामा जिल्लाका एघार स्थानीय तह मध्य आठ वटाले सहभागिता जनाएका थिए । दशैँ तिहारको पुर्व सन्ध्यामा संचालन भएको यो प्रतियोगितामा खेलाडीहरुले खुशीका साथा खेलमा उत्साहजनक सहभागिता जनाए । खेल समापन समारोह बोल्दै प्रमुख अतिथि दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले खेलाडीहरुको खेल प्रतिको अभिरुचीलाई वढवा दिन दुल्लुमा कर्वडहल निर्माण गर्ने बताए । खेलकुदलाई मनोरञ्जनका रुपमा मात्र लिने होइन व्यवसायिक पनि बनाउनु पर्छ, जसले खेलाडीको भाग्य र भविष्य खेलकुद क्षेत्रले नै निश्चित गरोस प्रमुख भण्डारीको तर्क थियो । खेलकुदका लागि दैलेखमा राम्रो खेलमैदान छैन, श्रोत साधन र खेल मैदानै छैन भने कसरी खेलाडीहरु उत्पादन हुन्छन् समारोहका विशेष अतिथि खेलकुद विकास समितिका अध्यक्ष दिपक सिजापतीको भनाई थियो । दैलेखका चार स्थान वेस्तडा, दैलेख, दुल्लु र राकमकर्णालीमा सुविधा सम्पन्न खेलमैदान निर्माणका लागि आफु प्रतिवद्ध रहने अध्यक्ष सिजापतिकोभनाइ थियो । शहिद पूर्ण स्मृति प्रतिष्ठानका अध्यक्ष रत्न शाहील यूवाहरुलाई खेल प्रति प्रेरित गर्न खेकुदका पुर्वाधर खडा गर्नु पर्ने बताए । पुर्वाधार र श्रोत साधन विना खेलकर्मी व्यवसायिक वन्दैनन् यसका लागि स्थानीय तहमा खेलकुद क्षेत्रलाई न्यायिक वजेट छुटिनु पर्छ उनले भने ।
उक्त प्रतियोगितामा प्रथम हुने समुहलाई चालिस हजार, द्धितियलाई विस हजार, तृतिय समुहलाई दश हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार नगद सहित सिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो । तत्कालिन विद्रोहीले २०५९ असोज १२ गते शहिद पूर्णबहादुर भण्डारीलाई हत्या गरेको स्मृति दिवस पारेर आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक खान र वस्न समेत व्यवस्था भए पछि खेल र खेलाडी प्रतिको सम्मानको सुरुवाती भएको दुल्लु नगरपालिकाका प्रशासकिय अधिकृत शमशेरबहादुर शाहीले बताए । प्रतिष्ठानले यस्ता किसिमका खेलकुद गतिविधि र सामाजिक क्रियाकलाप अगाडी वढाए शहिद पुर्णबहादुर भण्डारीको सामाजिक योगदानको उच्च मुल्यांकन हुने र सवैले शहिद भण्डारीको स्मरण गरिरहने समकक्षी विष्णु प्रसाद उपाध्यायले बताए ।

प्रतिक्रिया