बालविवाह रोक्न आग्रह

बालविवाह रोक्न आग्रह

जिल्लामा बालविवाह रोक्न नागरिक समाज दैलेखले आग्रह गरेको छ । अहिले पनि जिल्लाको ग्रामिण क्षेत्रमा कानूनले तोकेको उमेर नपुग्दै विवाह हुने गरेका कारण सम्बन्धीत पक्षलाई बालविवाह रोक्न आग्रह गरिएको पे्रश विज्ञप्तिमा जनाइएको छ ।


जिल्लाको ग्रामिण क्षेत्रमा सूचना, सञ्चार र शिक्षाको अभावले गर्दा विभिन्न लोभ, लालच र वहाना बनाएर उमेर नपुग्दै किश्वर किश्वरीले विहे गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, नेपालमा करिब ३४ प्रतिशत विवाह १५ वर्ष ननाघेका बालबालिकाको हुने गर्दछ । यो तथ्याँक हेर्ने हो भने जिल्लामा पनि बालविवाह हुने संख्यामा कमि देखिदैन् ।
नागरिक समाजका अध्यक्ष खड्गबहादुर सिजापती भन्छन् कतै अभिभावकको दवाव त कतै किश्वर किश्वरीकै चेतनाको अभावले गर्दा बालविवाह हुने गर्दछन् । किश्वर किश्वरीलाई बालविवाहबाट हुने असरको बारेमा जानकारी नभएका कारण पनि यस्ता घट्ना घट्ने गरेको उनको भनाई छ ।
विशेष गरी बालविवाहले प्रत्यक्ष रुपमा महिलाहरुलाई असर पर्ने गरेको उनी बताउछन् । छिटो बच्चा जन्मिदा एकातिर पढाई विग्रन्छ भने अर्काेतिर महिलाहरुमा पाठेयघर खस्ने समस्या हुन्छ र दिर्घरोगी बन्ने सम्भावना देखिन्छ । जस्ले गर्दा बालबच्चाहरु टुहुरा हुने, सम्बन्ध विच्छेद र बहुविवाह हुने सम्भावना बढ्छ । समाजमा यस्ता नकारात्मक असर हुदाँ हुदै पनि बालविवाह रोक्न सम्बन्धीत पक्ष जिम्मेवार नभएको उनले आरोप लगाए ।
अभिभावकको मन्जुरी भएमा केटा र केटीको उमेर विहे गर्नका लागि २० वर्ष पुग्नु पर्ने मुलुकी ऐन २०२० मा उल्लेख गरेको छ । ऐनमा भनिएको छ, उमेर नपुगी बालविवाह भएमा उमेर अनुसार कम्तिमा पनि ६ महिना देखि ३ वर्ष र १ हजार देखि १० हजार सम्म जरिवाना वा कैद दुवै हुन सक्छ । कानुन विपरित हुने यस्ता घट्नाहरुमा सम्बन्धीत निकायको ध्यान पुग्न नसकेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया