सोसेकको सिफारिस विरामी जाँचमा २५ प्रतिशत सहुलियत

सोसेकको सिफारिस विरामी जाँचमा २५ प्रतिशत सहुलियत

दैलेख असोज २२ (ज्वाला सन्देश अनलाईन) दैलेख जिल्लाबाट उपचारका लागि जाने विरामीहरुलाई लर्डबुध्द एजुकेशनल एकेडमी लिमिटेड, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २५ प्रतिशत सहुलियत दिने भएको छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख विच विरामी जाँच, परिक्षण र शैया शुल्कमा सहुलियत दिने सम्झौता भएको हो ।


दैलेख जिल्लामा स्वास्थ्य सेवा लिनु पर्ने वा आवश्यकता रहेका महिला, बृद्ध, अपांगता भएका व्यक्ति र वालवालिकाहरुलाई नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोसेक नेपाल दैलेखले सिफारिस गरि पठाउने छ । सिफारिस भएर गएका विरामीहरुलाई स्वास्थ्य परिक्षण, जाँच र शैया शुल्कमा अस्पतालले २५ प्रतिशत सहुलियत प्रदान गर्नेछ । उपचार सेवा लिन जाने व्यक्ति र बालबालिकालाई लाग्ने अन्य खर्च भने स्वयम व्यक्तिले बेहोर्नु पर्नेछ । अस्पतालले दिने सहुलियत बाहेक अन्य खर्च उपचारमा आउने व्यक्ति वा सामाजिक सेवा केन्द्र सोसेक दैलेखले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सोसेक नेपाल दैलेखले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर संग सहकार्य गरि महिला, बृद्ध, अपांगता भएका व्यक्ति र वालवालिकाहरुलाई अस्पतालमा पठाउनेछ । सिफारिस गरि पठाइएका सेवाग्राहीहरुलाई अस्पतालले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नेछ । अस्पतालले दैलेख जिल्लामा आवश्यकता हेरि स्वास्थ्य शिविर संचालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ । शिविरबाट रेफर गरिएका बालबालिकाहरुलाई सहायक सामाग्री परेमा फिजियोथेरापी सेवा तथा कृतिम सहायक सामाग्री वितरण गर्ने छ । फिजियोथेरापी सेवा तथा कृतिम सहायक सामाग्री शुल्कका लागि सोसेक नेपाल दैलेखले स्थानीय तह र गैसस संग समन्वय गरि अस्पताललाई भुक्तानीका लागि सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता पत्रमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक निरिक्षक डा.दिनेश श्रेष्ठ र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया